काठमाडौं । भारतीय क्रिकेटका पूर्वब्याटर आकाश चोपडाले १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी आगामी दिनमा इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्न सक्ने भविष्यवाणी गरेका छन्। उनले सूर्यवंशीको मूल्य ४० करोड भारतीय रुपैयाँसम्म पुग्न सक्ने बताएका छन्।
एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा सूर्यवंशीले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि चोपडाले उनको खुलेर प्रशंसा गरेका हुन्। सूर्यवंशीले उक्त खेलमा ५३ बलमा २०४ रन बनाउँदै भारत एलाई सहज जित दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )