सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए ।
काठमाडौँ — सफ्टी हाइजिन प्रालिलाई १५औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले २०८१/८२ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।
सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए ।
२०८१/८२ को आयकरतर्फ लगातार दोस्रो बर्ष उत्कृष्ट करदाताको सम्मान ग्रहण गरेको कम्पनिका निर्देशक विजय पोखरेलले जानकारी दिए । कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले बताए ।
कर तिर्ने मात्र व्यवसाय नगरेको बताउँदै राष्ट्र निर्माणमा योगदान दिने जिम्मेवार उद्योग बन्न चाहेको उनकाे भनाइ छ ।