Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : विकास कुमालले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान

Ekantipur •
November 24, 2026 • 01:33 PM
28
28 reads 0 reactions

उनले ५० मिटर ब्रेस्टस्ट्रोकमामा ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।

दसौं राष्ट्रिय खेलकुद : विकास कुमालले बनाए पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान

उनले ५० मिटर ब्रेस्टस्ट्रोकमामा ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।

काठमाडौं — कोशी प्रदेशका पौडी खेलाडी विकास कुमालले दसौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् । विकासले ५० मिटर ब्रेस्टस्ट्रोकमा दूरी ३० दशमलव ६४ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेका हुन् ।

यसअघि विकासले ११औं एनएसए कप पौडी प्रतियोगिता सन् २०२३ मा काठमाडौंमा ३० दशमलव ६६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले यसपटक आफ्नो पुरानो कीर्तिमानमा शून्य दशमलव शून्य दुई सेकेन्ड सुधार गरेका हुन्।

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप २४ देखि २७ नोभेम्बरसम्म सञ्चालन भइरहेको छ । प्रतियोगिताको संयुक्त पदक तालिकामा बागमती प्रदेश ४ स्वर्ण,  २ रजत र ३ काँस्यसहित शीर्ष स्थानमा छ । नेपाल पुलिस क्लबले १ स्वर्ण, १ रजत र ६ कांस्यसहित ९ पदक जितेको छ।

नेपाल आर्मी क्लबले २ स्वर्ण, ५ रजत र १ कांस्य गरी ८ पदक जित्दा एनआरएनएले ३ स्वर्ण र १ कांस्यसहित ४ पदक हात पारेको छ । कोशी प्रदेशले १ स्वर्ण र सुदूरपश्चिमले २ रजत पदक जितेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
१०औँ राष्ट्रिय खेलकुदमा विकास कुमालको राष्ट्रिय कीर्तिमान

१०औँ राष्ट्रिय खेलकुदमा विकास कुमालको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । कोशी प्रदेशका पौडी खेलाडी विकास कुमालले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले ३० दशमलव ६४ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमान बनाएका हुन् ...

#कीर्तिमान #सेकेन्ड #विकास
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

#कीर्तिमान #पौडी #खेलकुद
Compare →
Bizshala
8h ago
मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा...

#विकास
Compare →
Arthasansar
14h ago
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदानसहित सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम

गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक...

#विकास
Compare →

Related Stories

Sports
Build #2635