Trending
Prev Story
Next Story

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मङ्सिर, बेइजिङ (रासस/एपी) । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल …

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

८ मङ्सिर, बेइजिङ (रासस/एपी) । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन्।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नेछन्। चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उनी शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्किनेछन्।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन्। उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्ने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ।

#अन्तरिक्ष #चीन #यात्री
Compare →
Ekantipur
17h ago
पहिलोपटक पाकिस्तानी यात्रीसहित चीनद्वारा अन्तरिक्षयान प्रक्षेपण

पहिलोपटक पाकिस्तानी यात्रीसहित चीनद्वारा अन्तरिक्षयान प्रक्षेपण

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

#अन्तरिक्ष #चीन #यात्री
Compare →
Hamro Patro News
13h ago
सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार...

#अन्तरिक्ष #पाकिस्तानी
Compare →

Related Stories

Science & Climate
Build #2635