Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदले जुर्मुरायो कर्णाली

Ekantipur •
November 23, 2026 • 05:32 PM
4
4 reads 0 reactions

२७ मंसिरसम्म चल्ने दसौं राष्ट्रिय खेलकुदले कर्णालीलाई देशभरका खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीको जमघट हुने मुख्य थलो बनाउने छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका करिब ६ हजार ५ सय खेलाडीले ३२ खेलको ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुदले जुर्मुरायो कर्णाली

२७ मंसिरसम्म चल्ने दसौं राष्ट्रिय खेलकुदले कर्णालीलाई देशभरका खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीको जमघट हुने मुख्य थलो बनाउने छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोलीका करिब ६ हजार ५ सय खेलाडीले ३२ खेलको ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद अनौपचारिक हिसाबमा मंगलबारदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छ । औपचारिक उद्घाटन १६ मंसिर हुनेछ । महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, टेनिस, पौडीलगायत १० खेल मंगलबारै सुरु हुनेछ ।

बाँकी २२ खेल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने औपचारिक उद्घाटनसँगै हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले खेलाडीको आवतजावत तथा बसोबास व्यवस्थापन सहज बनाउन उद्घाटनअघि केही खेल सञ्चालन गर्न लागिएको बताए । कर्णालीमा पूर्वाधार अभावका कारण पौडी, सुटिङ, टेनिस लगायतका खेल लुम्बिनी प्रदेशमा खेलाइने छ ।

उद्घाटनअघि करिब ३ हजार ५ सय खेलाडी कर्णाली आइपुग्ने सदस्यसचिव मेहताले जानकारी दिए । प्रतियोगितामा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगततर्फ स्वर्ण विजेताले २० हजार, रजतले १५ हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन् । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अघिल्लो संस्करणमा स्वर्ण विजेताले मात्र पुरस्कार पाएका थिए ।

२७ मंसिरसम्म चल्ने दसौं राष्ट्रिय खेलकुदले कर्णालीलाई देशभरका खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीको जमघट हुने मुख्य थलो बनाउने छ । सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका करिब ६ हजार ५ सय खेलाडीले ३२ खेलको ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर कर्णालीका लागि गौरवको विषय भए पनि पूर्वाधार, व्यवस्थापकीय क्षमता र खेलाडीको तयारी चुनौतीपूर्ण बनेको छ ।

रंगशाला हस्तान्तरण, खेल भने लुम्बिनीसम्म

मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशाला सोमबार निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही तथा प्रदेश सरकारका मन्त्री र पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनी एमएसी–जीएसएल जेभीले रंगशाला हस्तान्तरण गरेको हो । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा निर्माण गरिएको रंगशाला करिब ९ विघा क्षेत्रफलमा फैलिएको छ । १० हजार दर्शक अट्ने प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, आठ लेनको सिन्थेटिक एथलेटिक्स ट्र्याक, पौडीपोखरी र बहुउद्देश्यीय कभर्डहल छन् । कभर्डहलमा १५ सय दर्शक अट्छन् । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ठूलो मिहिनेत र परिश्रमपछि कर्णालीमा विशाल खेल संरचना निर्माण हुन सकेको बताए । उनले यसलाई राष्ट्रिय खेलकुद र कर्णालीको भविष्यसँग जोडिएको पूर्वाधारका रूपमा उल्लेख गरे । रंगशालाको शिलान्यास उनकै कार्यकाल २०७८ साल २० मंसिर भएको थियो ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले अब यति ठूलो खेल संरचनाको सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण हुने सुनाए । त्यसका लागि आवश्यक मापदण्ड र कार्यविधि बनाएर प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास परिषद्ले व्यवस्थित रूपमा सञ्चालन गर्ने उनको भनाइ थियो । तर अर्बौं लगानीमा बनेको रंगशाला तयार भए पनि सबै खेल कर्णालीमै सञ्चालन हुने छैनन् । पौडी र सुटिङ बाँकेको नेपालगन्ज तथा टेनिस र खोखो बर्दियामा हुनेछ । आवश्यक खेल संरचना नभएका कारण केही खेल छिमेकी प्रदेशमा लैजानुपरेको आयोजकको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ३२ खेलमध्ये २३ खेल सुर्खेतमा हुनेछ । एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा सुर्खेतमा हुनेछ । मुख्य खेलस्थल मानिएको कर्णाली प्रदेश रंगशालासहित नगरपालिकाको खुलाचौर, प्रदेश रंगशाला नजिकैको क्रिकेट मैदान र नेपाली सेनाको राजदल ब्यारेकस्थित मैदानमा खेलाइन लागिएको हो ।

कर्णाली प्रदेशका अन्य जिल्लामध्ये दैलेखको नारायण नगरपालिकामा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानको श्रीनगरमा जुडो र कुस्ती तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन खेल खेलाइने छ । महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा खेलाइने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार करिब ७० प्रतिशत खेल सुर्खेतमै केन्द्रित गरिएको छ । उपयुक्त संरचना नभएका केही खेलमात्र अन्य जिल्लामा सञ्चालन गर्न लागिएको उनले बताए ।

करिब ६ हजार ५ सय खेलाडी सहभागी हुने प्रतियोगितामा आवास व्यवस्थापन प्रमुख चुनौतीमध्ये एक हो । सामाजिक विकासमन्त्री जितबहादुर मल्लका अनुसार प्रदेशभरका करिब १ सय ५० होटलमा खेलाडीका लागि ५ हजार ५ सय शय्याको व्यवस्था गरिएको छ । विभागीय टोलीका खेलाडीलाई सम्बन्धित सुरक्षा निकायका ब्यारेक, इकाई र कार्यालयमा राखिनेछ । मन्त्री मल्लले सबै होटलको म्यापिङ गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए । खेलाडीको आवाससँगै खानपान र खेलस्थलसम्मको यातायात व्यवस्थापन पनि मिलाइएको उनको भनाइ छ ।

सुरक्षा, स्वास्थ्य र खेल सामग्रीको तयारी

प्रतियोगिताको सुरक्षाका लागि करिब २ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गर्ने योजना छ । विशिष्ट पाहुनाको सुरक्षा, स्कर्टिङ, होटल गार्ड र खेलाडी बस्ने आवासस्थलको सुरक्षाका लागि छुट्टाछुट्टै टोली परिचालन गरिनेछ । प्रतियोगिता अवधिभरका लागि एकीकृत सुरक्षा योजना तयार गरिएको उनले बताए । खेलाडीको स्वास्थ्य उपचारका लागि रंगशाला र खेल मैदानमा विशेषज्ञ चिकित्सकसहित हेल्थ डेस्क स्थापना गरिएको छ । एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिने तथा खेल सामग्री र पोसाकलगायत आवश्यक सामग्री कर्णाली आइपुगिसकेको उनको भनाइ छ । प्रतियोगिताको तयारीका लागि १४ उपसमिति गठन गरिएका छन् ।

दसौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च दैलेखस्थित पञ्चकोशी क्षेत्रको श्रीस्थानमा रहेको प्राकृतिक ज्वालाबाट प्रज्वलन गरेर ल्याउने तयारी गरिएको छ । पूर्वमुख्यमन्त्री शाहीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा श्रीस्थानको ज्वालाबाट टर्च प्रज्वलन गरेर ल्याइने छ । युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सस्मित पोखरेलले पनि प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गर्ने विषय अघि बढाएका छन् ।

टर्च ओलम्पियन खेलाडीहरूले बोकेर कर्णालीका विभिन्न जिल्लामा पुर्‍याउने तयारी छ । यसबाट राष्ट्रिय खेलकुदको प्रचारसँगै कर्णालीको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा कर्णालीका १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्काउने झाँकी, नाच, गीत र परम्परागत पोसाक प्रदर्शन गरिनेछ । राउटे समुदायको नाचसमेत प्रस्तुत गरिने कर्णालीका सदस्यसचिव रविन चन्दले बताए । उनका अनुसार सबै जिल्लाका सांस्कृतिक प्रस्तुति समेटेर कर्णालीको कला, संस्कृति, रीतिरिवाज र पहिचान चिनाउने प्रयास गरिनेछ । कर्णालीमा ठूला प्रतियोगिता आयोजना गर्न सकिँदैन भन्ने धारणा बदल्नु पनि प्रतियोगिताको उद्देश्य रहेको उनले बताए । कर्णालीमा खाना, बसोबास र पानीजस्ता सुविधा छैनन् भन्ने भाष्य चिर्दै ठूलो आयोजना व्यवस्थापन गर्न सक्ने सन्देश दिन चाहेको उनको भनाइ थियो ।

प्रतियोगिताको तयारीका लागि गठन गरिएका १४ वटा उपसमितिले आआफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव मेहताले खेलाडीको स्वास्थ्य उपचारका लागि रंगशाला र खेल मैदानमा विशेषज्ञ चिकित्सकसहित ‘हेल्थ डेस्क’ स्थापना गरिएको जानकारी दिए । उनका अनुसार एम्बुलेन्सलगायत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिनेछ ।

परिषद्का सदस्यसचिव मेहताले प्रतियोगिताका लागि आवश्यक पर्ने खेल सामग्री, पोसाकलगायत बन्दोबस्तीका सामग्री कर्णालीमा पुगिसकेको जानकारी दिए । प्रतियोगिताका लागि संघीय सरकारले २०८१/८२ मा ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर उक्त रकम खर्च हुन नसकेपछि चालु आर्थिक वर्षमा ५४ करोड रुपैयाँ छुट्याएको छ । पाँचौं पटक मिति निर्धारण भएपछि मात्रै प्रतियोगिता सञ्चालन हुन लागेको हो । कर्णाली प्रदेश सरकारले अहिलेसम्म झन्डै ६ करोड ५० लाख रुपैयाँ खर्च भएको जनाएको छ । प्रदेश सरकारले बन्द प्रशिक्षणका लागि एक करोड, प्रतियोगिता आयोजनाका लागि ५ करोड र पूर्वतयारीका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्...

#कर्णाली #खेलकुद
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#कर्णाली #खेलकुद
Compare →
Onlinekhabar
3d ago
कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

६ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रूपमा हेरिएको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, …

#कर्णाली #खेलकुद
Compare →
Bizshala
6d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#कर्णाली
Compare →
Arthasansar
1w ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2612