Trending
Prev Story
Next Story

ज्ञान संस्कार र भ्याली पब्लिक विजयी

Ekantipur •
November 23, 2026 • 05:02 PM
5
5 reads 0 reactions

आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्‍यो । भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० ले पराजित गर्‍यो ।

ज्ञान संस्कार र भ्याली पब्लिक विजयी

आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्‍यो । भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० ले पराजित गर्‍यो ।

काठमाडौँ — ज्ञान संस्कार २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार प्रिक्वाटरफाइनलमा पुगेको छ ।

आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित  गर्‍यो । ज्ञानकी डिनु वज्राचार्यले ७ स्कोर जोडिन् ।

सिनियर गर्ल्समै भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० र केभीकेएसएसले टीआईएलाई १४–१० ले पराजित गरे । भ्यालीकी सेलिना गुरुङले १५ र केभीकेएसएसकी खुशी लिम्बूले ६ स्कोर गरे ।

सिनियर गर्ल्समै न्युटनले सेबलाई २३–१९, डाफोडिलले वेदव्यास २१–१८ र ह्वाइटफिल्डलाई २४–२० र इबीएले भ्याली पब्लिक ‘बी’ लाई ३३–२९ ले हराए ।

जुनियर ब्वाइजमा स्कोलर्स होमले काठमाडौं जेभियर्सलाई १४–१० र भद्रकालीलाई १८–१४ तथा सेबले भ्याली पब्लिकलाई ३८–३४ ले हराए ।

सिनियर ब्वाइजमा रिलायन्सले जेबी स्कुललाई ४३–३८ ले हराउँदा रिलायन्सका मुनिफले १६ स्कोर गरे ।

स्किब्स र हेम्सले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार पाएका छन् ।

आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा स्किब्सले मनकामनालाई ५३–३४ ले पराजित गर्‍यो । स्किब्सको जितमा सफल रानाभाटले ११ अंक योगदान गरे । युवराज महतोको १२ स्कोर हेम्सले एलआरआईलाई ३९–२९ ले हरायो ।

सिनियर ब्वाइजमै बीएमसीएले रिलायन्स को–एडलाई ३९–३७ तथा त्रिज्योतिले हेराल्डलाई ३२–२१ ले हराए । बीएमसीएका साजन कार्कीले १२ र त्रिज्योतिका नवाङ शेर्पाले १० स्कोर गरे ।

सिनियर गर्ल्समा रिब्सले एलआरआईलाई ३०–९, बौद्ध चिल्ड्रेन हेभन स्कुलले विल्सन एकेडेमीलाई २५–२३ र मातृभूमिले जोन डेवीलाई २७–८ ले पन्छाए । रिब्सकी सुप्रिया मल्लले १४, बीएचसीएसकी जस्मिन गुरुङले १० र मातृभूमिकी याङ्छेन तामाङले ८ स्कोर बटुले ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
न्युटन र गण्डकी विजयी

न्युटन र गण्डकी विजयी

काठमाडौं, (नेस) । न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा न्युटनले हेरा...

#भ्याली #पब्लिक #विजयी
Compare →
Bizshala
7h ago
नेपालमै पहिलोपटक वास्तु विश्लेषण गर्ने सफ्टवेयर सार्वजनिक, संस्कार एकेडेमीबाट ७१ जना दीक्षित

नेपालमै पहिलोपटक वास्तु विश्लेषण गर्ने सफ्टवेयर सार्वजनिक, संस्कार एकेडेमीबाट ७१ जना दीक्षित

काठमाण्डौ । वास्तुशास्त्रसम्बन्धी अध्ययन, विश्लेषण र परामर्शलाई प्रविधिसँग जोड्ने उद्देश्यले संस्कार एकेडेमीले...

#संस्कार
Compare →
Nagarik News
7h ago
नेपालमा पहिलोपटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, संस्कार एकेडेमीद्वारा तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित

नेपालमा पहिलोपटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, संस्कार एकेडेमीद्वारा तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित

वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ।

#संस्कार
Compare →

Related Stories

Sports
Build #2619