Trending
Prev Story
Next Story

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

प्रधानमन्त्री बालेन शाहको पहिलो भारत भ्रमणलाई लिएर राजनीतिक तथा कूटनीतिक वृत्तमा विभिन्न कोणबाट मूल्याङ्कन भइरहेको छ। पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई रुटमा नीतिगत सहमति, आईआईटी विस्तार र क्रिकेट पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य हुनुलाई सकारात्मक मानिए पनि …

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

प्रधानमन्त्री बालेन शाहको पहिलो भारत भ्रमणलाई लिएर राजनीतिक तथा कूटनीतिक वृत्तमा विभिन्न कोणबाट मूल्याङ्कन भइरहेको छ। पुनर्निर्माणका लागि आर्थिक सहयोग, हवाई रुटमा नीतिगत सहमति, आईआईटी विस्तार र क्रिकेट पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य हुनुलाई सकारात्मक मानिए पनि लिम्पियाधुरा–लिपुलेक–कालापानी सीमा विवाद, १९५० को सन्धि, कृषिजन्य उपजको निर्यात र द्विपक्षीय विद्युत् व्यापारमा देखिएको अड्कोजस्ता महत्त्वपूर्ण विषयमा ठोस प्रगति नभएको विश्लेषण भइरहेको छ।

यसै सन्दर्भमा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, विगतकै सहमतिको निरन्तरता र नेपालले उठाउन चुकेका विषयमा केन्द्रित रहेर एमाले नेता एवं ईपीजीका पूर्व सदस्य डा. राजन भट्टराईसँग अनलाइनखबरका लागि सइन्द्र राई ले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीको पहिलो भारत भ्रमणलाई समग्रमा कसरी मूल्याङ्कन गर्नुभएको छ ?

प्रधानमन्त्रीको पहिलो भारत भ्रमणमा केही सकारात्मक काम भएका छन्, केही पुराना विषयलाई निरन्तरता दिइएको छ भने केही नयाँ क्षेत्रमा पनि प्रवेश गरिएको छ। तर, नेपालले उठाउनैपर्ने कतिपय महत्त्वपूर्ण विषय भने छुटेका छन्। यसरी समग्रमा हेर्दा यसलाई एउटा औसत भ्रमणका रूपमा लिन सकिन्छ।

भ्रमणका सकारात्मक र नयाँ पक्षहरू के–के देख्नुभयो ?

पहिलो कुरा, अहिले हामी पुनर्निर्माणको चरणमा छौँ र हामीलाई आर्थिक सहयोग आवश्यक थियो। त्यो सहयोग जुटाउन सरकार सफल भएको छ। यद्यपि विगतमा पनि घोषणा हुने तर कार्यान्वयनमा समस्या देखिने गरेको छ, यसपटक त्यस्तो नहोस् भन्ने कामना गरौँ।

दोस्रो, शैक्षिक क्षेत्रमा भारतको सफल संस्था मानिने आईआईटी नेपालमा विस्तार गर्ने सुरुवात सकारात्मक छ। त्यस्तै, क्रिकेट एकेडेमी र क्रिकेट मैदान निर्माणजस्ता युवाहरूलाई आकर्षित गर्ने नयाँ क्षेत्रमा पनि प्रवेश गरिएको छ, जुन राम्रो पक्ष हो।

अर्को महत्त्वपूर्ण विषय हवाई रुट हो। हामीले लामो समयदेखि माग गर्दा पनि भारत सहमत भइरहेको थिएन, यसपटक सहमत भएको छ। भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ। यसबाहेक सीमा क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण गरी आयात–निर्यात वृद्धि गर्ने विषय पनि सकारात्मक छ।

विगतकै सहमतिको निरन्तरताका रूपमा कुन–कुन विषय समेटिएका छन् ?

सुदूरपश्चिमको बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (ड्राइ पोर्ट) निर्माण गर्ने विषय पहिले नै सहमति भएका हुन्, त्यसलाई अहिले निरन्तरता दिइएको छ। सीमापार कनेक्टिभिटी विस्तारअन्तर्गत विराटनगर र वीरगन्जमा रेल्वे विस्तार गर्ने विषय पनि विगतकै सहमतिको निरन्तरता हो।

त्यसैगरी, रक्सौल–काठमाडौं रेल्वेको स्थलगत सर्वेक्षण पूरा गरी कार्यान्वयनको चरणमा प्रवेश गर्ने सहमतिलाई पनि निरन्तरता दिइएको छ। काँकडभिट्टा पाइपलाइन र ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययनसम्बन्धी सहमति पनि विगतकै निरन्तरता हुन्। यसबाहेक अरुण तेस्रो र तल्लो अरुणसम्बन्धी सहमति तथा शिलान्यास, पुल उद्घाटनलगायत सम्पन्न भइसकेका आयोजनाका कामलाई नकारात्मक मान्नुपर्ने कुनै कारण छैन।

नेपालले उठाउनैपर्ने तर भ्रमणमा छुटेका मुख्य विषयहरू के–के हुन् ?

नेपालमा लामो समयदेखि उठेका र समाधान गर्नुपर्ने मुख्य विषय, खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद (जसलाई हामीले नक्सामा समेटेका छौँ) मा सरकार प्रवेश नै गर्न नचाहेजस्तो देखियो। संयुक्त वक्तव्यमा सीमाबारे छलफल गर्ने भनिए पनि त्यो एकदमै सामान्य भाषा हो।

नेपाली पक्षले केही न केही भाषा राखेरै जान्छ भन्ने भारतीय पक्षलाई सधैँ थाहा हुन्छ। त्यसैले उनीहरू १९५० को सन्धि होस्, पञ्चेश्वर होस् वा सीमाको विषय— यस्ता मुद्दामा सामान्य भाषा लेखिदिन्छन् र भोलि वार्ताको टेबलमा बस्दा पुरानै अडान दोहोर्‍याएर सहमतिमा नपुग्ने लामो इतिहास छ। यसपटक पनि त्यही इतिहासको निरन्तरता देखियो। १९५० को सन्धिबारे पनि उही पुरानै भाषामा सानो तहमा छलफल गरिनेछ मात्र भनिएको छ, ठोस प्रगति भएको पाइएन।

त्यसबाहेक, जनसरोकारसँग जोडिएको हाम्रो कृषिजन्य उपज निर्यातको विषयमा पनि कुनै ठोस प्रगति देखिएन। अदुवा, चिया, अलैँची र जुटका उत्पादन भारत निर्यात गर्दा हामीले पटक–पटक समस्या भोग्दै आएका छौँ। यसमा र क्वारेन्टाइनको विषयमा ठोस समाधान निस्किएको पाइएन।

अर्को गम्भीर विषय द्विपक्षीय विद्युत् व्यापार हो। दुई देशबीच विद्युत् आदानप्रदानका लागि सहज सम्झौता छ। तर, अहिले भारत ‘सेलेक्टिभ’ भएको छ। उसले आफूले रोजेका लगानीकर्ता वा कम्पनीले लगानी गरेर उत्पादन गरेको बिजुली मात्र किन्छु भनेर जुन अड्को थापेको छ, त्यो हाम्रो सम्झौताको मर्मविपरीत छ। नेपालको जलविद्युत् क्षेत्र र समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो विषयलाई उच्च तहमा उठाउनुपर्थ्यो, तर त्यो छुटेको छ।

यसरी हेर्दा समाधान हुनुपर्ने र अत्यन्त महत्त्वपूर्ण मानिएका कतिपय विषय वार्ताको टेबलमा आउन सकेनन्। यद्यपि, जति विषयमा सकारात्मक सहमति भएका छन्, तिनलाई भने सकारात्मक रूपमै लिनुपर्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5h ago
हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता, हवाई रुट दुवैतर्फी बनाउनेदेखि बन्दरगाह, रेलमार्ग, ऊर्जा र पूर्वाधार विकासमा सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

#हवाई #रुट #भारत
Compare →
Nagarik News
2h ago
नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

नेपाल–भारत सम्बन्ध सकारात्मक दिशातर्फ अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाएको बताएको छ।

#बालेन-शाह #सकारात्मक #भारत
Compare →
Hamro Patro News
2h ago
बागडोगरा विमानस्थलका लागि भारतले रुट मागेको छ तर सहमति भएको छैन- मन्त्री खनाल

बागडोगरा विमानस्थलका लागि भारतले रुट मागेको छ तर सहमति भएको छैन- मन्त्री खनाल

भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलका लागि नेपालसँग एअर रुट अनुमति मागेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्...

#रुट #भारत
Compare →
Arthasansar
5h ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#बालेन-शाह #भारत
Compare →
Bizshala
7h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#बालेन-शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612