Trending
Prev Story
Next Story

भूकम्पपछिको पुनर्निर्माण : भारतको अनुदानका १२८ स्वास्थ्य चौकी बने, ऋणका १४० भने अलपत्र

Ekantipur •
November 23, 2026 • 12:03 PM
4
4 reads 0 reactions

भारतीय एक्जिम बैंकमार्फत सहुलियत ऋण सहयोगमा बन्नुपर्ने १४० स्वास्थ्य चौकीको निर्माण अझै सुरु हुन सकेको छैन ।

भूकम्पपछिको पुनर्निर्माण : भारतको अनुदानका १२८ स्वास्थ्य चौकी बने, ऋणका १४० भने अलपत्र

भारतीय एक्जिम बैंकमार्फत सहुलियत ऋण सहयोगमा बन्नुपर्ने १४० स्वास्थ्य चौकीको निर्माण अझै सुरु हुन सकेको छैन ।

काठमाडौँ — भारतीय अनुदान सहयोगमा निर्माणाधीन १३२ मध्ये १२८ स्वास्थ्य चौकीको निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । ती स्वास्थ्य चौकीहरू २०७२ सालको महाभूकम्पमा ध्वस्त भएका थिए ।

भूकम्पलगत्तै आयोजित अन्तर्राष्ट्रिय दाता सम्मेलनमा भारत सरकारले ३०० स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । जसमा १५७ स्वास्थ्य चौकी अनुदान सहयोगमा र १४० स्वास्थ्य चौकी एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । विभागका अनुसार एक्जिम बैंकका सर्त सरकारले स्वीकार नगरेका कारण स्वास्थ्य, सडक र शिक्षण संस्थाजस्ता पूर्वाधार निर्माण हुन सकेनन् ।

‘अनुदान सहयोगका १३२ आयोजनामध्ये १२८ को निर्माण सम्पन्न भइसकेको छ भने बाँकी चारवटा निर्माणकै चरणमा छन्,’ सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभिजनल इन्जिनियर शोभा महर्जनले भनिन्, ‘सहुलियत ऋण सहयोगमा निर्माण हुने भनिएका कुनै पनि आयोजनाको निर्माण सुरु हुन सकेको छैन ।’

भूकम्पबाट ३० जिल्लाका एक हजारभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएका थिए । दाता सम्मेलनमा स्वास्थ्य संस्था पुनर्निर्माणका लागि भारतले पाँच करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने गरी दुई देशका सरकारबीच सम्झौतासमेत भएको थियो । तत्कालीन समयमा पुनर्निर्माणको नेतृत्व गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वास्थ्य चौकी पुनर्निर्माणको कामको पनि नेतृत्व गरेको थियो । तर पछि प्राधिकरणको विघटनपश्चात् पुनर्निर्माण अनुगमन गर्ने जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागलाई तोकिएको थियो ।

भारत सरकारले अनुदानमा निर्माण गरिदिएका अधिकांश स्वास्थ्य चौकीहरू भूकम्पबाट अत्यधिक प्रभावित रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, भक्तपुर, धादिङ, गोरखा, नुवाकोट, काभ्रेपलाञ्चोक र कास्की जिल्लामा छन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

#भारतीय #भारत
Compare →
Hamro Patro News
6h ago
बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री पद सम्हालेपछिको शाहको यो पहिल...

#भारतीय #भारत
Compare →
Arthasansar
7h ago
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...

#भारतीय #भारत
Compare →
Bizshala
12h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारतीय #भारत
Compare →

Related Stories

World News
Build #2612