Trending
Prev Story
Next Story

नेपाल-जापान फेस्टिभलमा यामाहा एक्सएसआर १५५ को ग्रिन भेरियन्ट सार्वजनिक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

७ मंसिर, काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल …

नेपाल-जापान फेस्टिभलमा यामाहा एक्सएसआर १५५ को ग्रिन भेरियन्ट सार्वजनिक

७ मंसिर, काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो ।

नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । यो मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर हो । नयाँ रङ थपिएसँगै एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ ।

नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा यामाहाको जापानी विरासतलाई जोड्दै नयाँ भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सन् १९५५ मा स्थापना भएको यामाहा मोटरले ७१ वर्षको यात्रा पूरा गरेको अवसरलाई समेत कार्यक्रममा स्मरण गरिएको थियो ।

कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको लामो समयदेखिको मित्रता तथा सहकार्यको चर्चा गर्दै जापानले प्रविधि, पूर्वाधार र विकासका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । उनले यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा उल्लेख गर्दै नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन एमएडब्लू ग्रुप प्रतिबद्ध रहेको बताए ।

उनका अनुसार यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गरेको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सवका अवसरमा नयाँ रङको भेरियन्ट सार्वजनिक गर्न पाउनु गौरवको विषय भएको उनले बताए ।

फेस्टिभलमा परम्परागत जापानी कोटो संगीत, ताइको ड्रम, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो ।

रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधियुक्त इन्जिन, डेल्टा बक्स फ्रेम, ६ स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन् । यी विशेषताले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको आइतबार (भोलि) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव ...

#जापान #काठमाडौं #फेस्टिभल
Compare →
Ekantipur
1d ago
४६ वर्षपछि नेपालमा जापानी सांगीतिक समूह ‘गोडाइगो’को प्रस्तुति

४६ वर्षपछि नेपालमा जापानी सांगीतिक समूह ‘गोडाइगो’को प्रस्तुति

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ मा समूहको प्रस्तुति भइरहेको छ ।

#जापान #काठमाडौं
Compare →
Nagarik News
1d ago
राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

#जापान
Compare →

Related Stories

National (Nepal)
Build #2612