Trending
Prev Story
Next Story

झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

Ekantipur •
November 23, 2026 • 07:32 AM
7
7 reads 0 reactions

सोमबार शिवसताक्षीमा सिटी सफारी र आइतबार मेचीनगरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

झापामा सिटी सफारी र स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

सोमबार शिवसताक्षीमा सिटी सफारी र आइतबार मेचीनगरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

विराटनगर — झापाका छुट्टाछुट्टै स्थानमा सिटी सफारी र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शिवसताक्षीमा सिटी सफारी दुर्घटना हुँदा एक जना र मेचीनगरमा स्कुटर दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको हो ।

शिवसताक्षी नगरपालिका–१० माईधारस्थित अधिकारी चोकमा सोमबार बिहान साढे ३ बजेतिर सिटी सफारी दुर्घटना हुँदा त्यसमा सवार शिवसताक्षी–७ चन्द्रडाँगीका ४० वर्षीय हस्त राजवंशीको मृत्यु भएको छ ।

माईधारबाट शिवगञ्जतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सिटी सफारीमा सवार सोही ठाउँकी ५० वर्षीया गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी पनि घाइते भएका थिए । सामान्य घाइते दुवै उपचारपछि घर फर्किएका छन् । सिटी सफारी चालक ४० वर्षीय नरेश राजवंशी भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, आइतबार दिउँसो मेचीनगर नगरपालिका–१५ बंशल बगानस्थित भद्रपुर–काँकडभिट्टा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५९१७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक भद्रपुर नगरपालिका–८ का ५५ वर्षीय नगेन्द्र सापकोटाको मृत्यु भएको हो । अनुहार र टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटरको पछाडि सवार भद्रपुर–८ कै ४९ वर्षीय किरण राई घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । खाटुश्यामको दर्शन गरी महाराष्ट्र फर्किने क्रममा १६ जना सवार गाडी शम्भुपुरा ...

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Onlinekhabar
2d ago
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने …

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Nagarik News
2d ago
सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु
Compare →
Bizshala
2d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु #जनाको
Compare →

Related Stories

Health & Wellness
Build #2612