Trending
Prev Story
Next Story

रोबर्ट प्याटिन्सन ‘जेम्स बन्ड’ तर्फ लागेपछि ‘द ब्याटम्यानः ३’ को भविष्य अन्योलमा

Ekantipur •
November 23, 2026 • 07:03 AM
4
4 reads 0 reactions

प्याटिन्सन बाहिरिएसँगै ब्याटम्यान सिरिज नै अन्योलमा परेको छ । प्याटिन्सनबिना यो सिरिज अघि नबढ्ने र निर्देशक रिभ्स स्वयं पनि प्रोजेक्टबाट बाहिरिन सक्ने अड्कलबाजी सुरु भएको छ ।

रोबर्ट प्याटिन्सन ‘जेम्स बन्ड’ तर्फ लागेपछि ‘द ब्याटम्यानः ३’ को भविष्य अन्योलमा

प्याटिन्सन बाहिरिएसँगै ब्याटम्यान सिरिज नै अन्योलमा परेको छ । प्याटिन्सनबिना यो सिरिज अघि नबढ्ने र निर्देशक रिभ्स स्वयं पनि प्रोजेक्टबाट बाहिरिन सक्ने अड्कलबाजी सुरु भएको छ ।

काठमाडौँ — हलिउडका चर्चित अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्डको भूमिकामा चयन भएसँगै फिल्म उद्योगमा ठूलो हलचल पैदा भएको छ । अमेजन एमजीएम र वार्नर ब्रदर्स बिचको कर्पोरेट खिचातानीपछि प्याटिन्सनले ‘ब्याटम्यान’ फ्रेन्चाइजको तेस्रो सिरिजमा काम नगर्ने पक्का भएको छ । ‘द ब्याटम्यानः पार्ट २’ को काम सकेलगत्तै उनी अब गुप्तचर ‘डबल ओ सेभेन’ जेम्स बन्डको २६औं सिरिजको तयारीमा जुट्नेछन् ।

ब्याटम्यान र जेम्स बन्डबिचको शक्ति संघर्ष

अमेजन एमजीएमले ७५ करोड ५० लाख पाउन्ड खर्च गरेर जेम्स बन्डको सर्वाधिकार र सिर्जनात्मक नियन्त्रण आफ्नो हातमा लिएको छ । कम्पनीले प्याटिन्सनलाई नयाँ बन्डका रूपमा अनुबन्ध गरेपछि निर्माण कम्पनी वार्नर ब्रसले उनलाई ‘द ब्याटम्यानः पार्ट २’ बाटै हटाउने कोसिस गरेको थियो, जसको छायांकन गत जुलाईदेखि सुरु भइसकेको छ ।

यद्यपि, वार्नर ब्रदर्ससँगको गहन वार्तापछि सम्झौता रद्द गर्दा लाग्ने ठूलो आर्थिक जोखिमका कारण त्यो प्रयास सफल हुन सकेन । अमेजनका एक निकट स्रोतका अनुसार अमेजनले वार्नर ब्रदर्ससँग रोबर्टको ‘द ब्याटम्यानः पार्ट २’ को काम तोकिएको समयभन्दा अगावै सकाउन आग्रह गरिरहेको छ, ताकि उनलाई बन्डका लागि तयार पार्न सकियोस् ।

‘जब उनीहरूले रोबर्टलाई साइन गरे, उनी यो फिल्ममा काम गर्दैछन् भन्ने थाहा थियो । उनलाई यो फिल्मबाट निकाल्ने कुरा पनि चलेको थियो तर त्यो सम्भव भएन,’ उक्त स्रोतले भन्यो, ‘अब उनी दोस्रो भागको काम चाँडै सकाएर डबल ओ सेभेनको चरित्रमा प्रवेश गर्नेछन् ।’

प्याटिन्सनले तेस्रो ब्याटम्यान फिल्ममा भने काम गर्ने छैनन् र अब अमेजनले उनलाई लगातार तीनवटा जेम्स बन्ड फिल्ममा निरन्तरता दिने योजना बनाएको छ । स्रोत थप्छ, ‘रोबर्ट तेस्रो फिल्मका लागि ब्याटम्यानमा फर्किने छैनन्, त्यो निर्णय भइसकेको छ । एकपटक उनी बन्ड बनेपछि उनीहरू उनलाई बोन्डकै रूपमा सीमित राख्न चाहन्छन् ।’

सार्वजनिक कार्यक्रममा प्याटिन्सनको प्रतिक्रिया

लण्डनमा जन्मिएका प्याटिन्सनले हालै लण्डनको वेस्ट एन्डलस्थित ओडियन लक्समा आयोजित फिल्म ‘द ओडिसी’ को निजी स्क्रिनिङका क्रममा पहिलोपटक सार्वजनिक रूपमा बन्ड बनेपछिको प्रतिक्रिया दिएका छन् । कार्यक्रम सञ्चालक एडिथ बोम्यानले उनलाई बधाई दिंदै ‘हाम्रा नयाँ बोन्ड भनेर सम्बोधन गर्दा हलमा तालीको गडगडाहट भएको थियो ।

प्याटिन्सनले निकै नम्र र लजालु शैलीमा आफ्नो कपाल सुम्सुम्याउँदै भने, ‘धन्यवाद ।’ प्याटिन्सन निकै कठिन अडिसन प्रक्रिया पार गरेर बोन्डको चरित्रमा चयन भएका हुन् । अडिसनका लागि मात्रै उनी १ मिलियन डलर भुक्तान गरेर सेटमै तीनवटा दृश्यको परीक्षण दिन पुगेका थिए ।

अमेजनका मालिक जेफ बेजोस आफू आफैं यो चयन प्रक्रियामा खटिएका र प्याटिन्सन नै सर्वश्रेष्ठ विकल्प रहेको बताएका छन् । प्याटिन्सनले निकोलस हुल्ट, क्यालम टर्नर, जोस ओकोनर र ज्याक लोडेन जस्ता दिग्गज अभिनेताहरूलाई पछि पार्दै यस भूमिकाका लागि योग्य भएका हुन्, जसलाई उनले ‘जीवनकै सबैभन्दा ठूलो सम्मान’ भनेका छन् ।

प्याटिन्सनले अब जेम्स बन्डका लागि डेनियल क्रेग (५८) को ठाउँ लिनेछन्, जसले १५ वर्षमा ५ वटा बन्ड फिल्ममा काम गरेका थिए । क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाई’ (२०२१) मा बन्डको मिसाइल आक्रमणमा मृत्यु भएको देखाइएको थियो । नयाँ बन्ड फिल्मको निर्देशन ‘ड्युन’ फिल्मका डेनिस भिल्लेनभले गर्दैछन् ।

प्याटिन्सन बाहिरिएसँगै म्याट रिभ्सको ब्याटम्यान सिरिज नै अन्योलमा परेको छ । प्याटिन्सनबिना यो सिरिज अघि नबढ्ने र निर्देशक रिभ्स स्वयं पनि यस प्रोजेक्टबाट बाहिरिन सक्ने अड्कलबाजी सुरु भएको छ । यससँगै विश्व सिने जगतमा नै अब नयाँ ब्याटम्यान को बन्ला भन्ने बहस चुलिएको छ ।

जेम्स गनको बहिर्गमन र उनी नेतृत्वको ब्याटम्यान प्रोजेक्ट रद्द भएसँगै साउदी लगानीकर्ताहरूले ‘स्नाइडरभर्स’ लाई पुनः ब्युँताउन खोजिरहेका छन् । निर्देशक ज्याक स्नाइडरले ‘द डार्क नाइट रिटर्नस’ का लागि बेन एफ्लेकलाई प्राथमिकतामा राखेको बताईन्छ ।

ब्याटम्यानका निर्माता माइकल उस्लानले माइकल किटन मुख्य भूमिकामा रहने ‘ब्याटम्यान बियोन्ड’ लाई पुनः अघि बढाउन पहल गरिरहेका छन् । दीर्घकालीन योजना अनुसार स्काईडान्सले ब्याटम्यानका लागि कुनै नयाँ र कनिष्ठ अभिनेतालाई अनुबन्ध गर्ने तयारी पनि गरिरहेको छ ।

प्याटिन्सनको ‘द ब्याटम्यानः पार्ट २’ फेब्रुअरी २०२८ मा रिलिज हुने तालिका रहेको छ । तर ब्याटम्यानको मुखौटा उतारेर जेम्स बन्डको सुटमा सजिन लागेका प्याटिन्सनको यो कदमले सिने जगतमा नयाँ तरंग ल्याइदिएको छ ।

–यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारमा आधारित रही तयार पारिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
नयाँ ‘जेम्स बन्ड’ रोबर्ट प्याटिन्सनको ‘बन्ड गर्ल’ को बन्लिन् ?

नयाँ ‘जेम्स बन्ड’ रोबर्ट प्याटिन्सनको ‘बन्ड गर्ल’ को बन्लिन् ?

नयाँ ‘जेम्स बन्ड’ रोबर्ट प्याटिन्सनको ‘बन्ड गर्ल’ को बन्लिन् ? हलिउडदेखि एसियाली अनुहारसम्मको चर्चा मंसिर १, २०८३ कान्तिपुर संवाददाता अमेजन एमजीएमले रोबर्ट प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा...

#प्याटिन्सन #जेम्स #बन्ड
Compare →
Onlinekhabar
4d ago
द रियल जेम्स बन्ड !

द रियल जेम्स बन्ड !

सन १९३० तिरको कुरा हो। क्यारेबियनको कुनै कोरल आइल्यान्डतिर एक हातमा दूरबिन र अर्को हातमा नोटबुक बोकेर जेम्स बन्ड आफ्नो खोजीमा थिए। समुन्द्रको किनारमा फाट्टफुट्ट मान्छेहरू थिए। उनको ध्यान आफ्नो मिसनमै केन्द्रित थियो। मिसन नडी। नजिकै …

#जेम्स #बन्ड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612