Trending
Prev Story
Next Story

दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा अहिले भेटवार्ता जारी छ । भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास …

दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा अहिले भेटवार्ता जारी छ । भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास हैदरावाद हाउसमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

लगत्तै उनले शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

अहिले हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता जारी छ । त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३स्१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४स्५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६स्३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

#बालेन-शाह #भेटवार्ता #भारतीय
Compare →
Bizshala
16h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#बालेन-शाह #भेटवार्ता #भारतीय
Compare →
Hamro Patro News
20h ago
दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय राज्यमन्त्रीको स्वागत, आजै विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने

दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय राज्यमन्त्रीको स्वागत, आजै विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नयाँदिल्लीमा स्वागत गरेका छन्। सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय व...

#बालेन-शाह #भारतीय #दिल्ली
Compare →
Ekantipur
55m ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #हाउस #मोदी
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#भेटवार्ता #भारतीय #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612