Trending
Prev Story
Next Story

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

Bizshala •
November 23, 2026 • 06:34 AM
5
5 reads 0 reactions

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ।

निलगिरी हलमा जारी भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्करसहित उच्च अधिकारीको उपस्थिति छ।

यसअघि प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। दुई देशका प्रतिनिधिमण्डलबीच छलफलपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति भवनमा उनको सम्मानमा भारतीय सेनाले सम्मान गारत अर्पण गरेको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

#हैदराबाद #हाउस #भेटवार्ता
Compare →
Ekantipur
6h ago
शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ ।

#शाह #भेटवार्ता #भारत
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह #भेटवार्ता
Compare →
Hamro Patro News
5h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली– भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे ...

#शाह #भेटवार्ता
Compare →

Related Stories

Politics & Governance
Build #2612