Trending
Prev Story
Next Story

रिजन ढकाललाई गृहनगरमा सम्मान थाप्न भ्याईनभ्याई

Ekantipur •
November 23, 2026 • 05:03 AM
6
6 reads 0 reactions

एनपीएल–३ मा उत्कृष्ट नेपाली खेलाडी भएका ढकाललाई हेटौंडा उपमहानगरले दियो एक लाख रूपैयाँ

रिजन ढकाललाई गृहनगरमा सम्मान थाप्न भ्याईनभ्याई

एनपीएल–३ मा उत्कृष्ट नेपाली खेलाडी भएका ढकाललाई हेटौंडा उपमहानगरले दियो एक लाख रूपैयाँ

मकवानपुर — हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेर कार र मोटरसाइकल दुवै जितेका बलर रिजन ढकाललाई यतिबेला गृह नगर हेटौंडामा सम्मान थाप्न भ्याईनभ्याई छ ।

आइतबार साँझ हेटौंडा आइपुगेका ढकाललाई सोमबार बिहान हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँसहित सम्मान गरेको छ । नगरप्रमुख मीनाकुमारी लामा र उप प्रमुख राजेश बानियाँले ढकाललाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

एनपीएलमा चितवन राइनोजबाट खेलेका ढकालले नौ खेलमा १७ विकेट लिंदै प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उत्कृष्ट प्रदर्शनकै आधारमा उनले दुई महत्वपूर्ण व्यक्तिगत पुरस्कारसमेत जितेका थिए ।

प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी हुँदै ढकालले ओमोडा एन्ड जेइको कार जित्नुका साथै प्रतियोगिताकै उत्कृष्ट बलर पनि ढकाल नै बनेर पल्सर मोटरसाइकलसमेत हात पारेका थिए ।

उनको सफलताले हेटौंडा र समग्र मकवानपुरको गौरव बढाएको भन्दै स्थानीयस्तरमा खुसी व्यक्त गरिएको छ । एनपीएलमा उत्कृष्ट प्रदर्शनपछि गृह नगर फर्किएका ढकाललाई विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयले स्वागत र सम्मान गरिरहेका छन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका रिजन ढकाललाई हेटौँडामा स्वागत

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका रिजन ढकाललाई हेटौँडामा स्वागत

हेटौँडा- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी रिजन ढकाललाई उनको गृह नगर हेटौँडामा भव्य स्वागत गरिएको छ। प्रतियोगिता सकेर हेटौँडा पुगेका ढकाललाई स्थानीय बासिन्दा र ज...

#एनपीएल #ढकाल #रिजन
Compare →
Nagarik News
1d ago
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।

#एनपीएल #उत्कृष्ट #रिजन
Compare →

Related Stories

Sports
Build #2612