आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
काठमाडौँ — आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
आ–आफ्ना प्रतिनिधि मण्डलका प्रतिनिधिसहित भेट गरेका छन् । वालेन्द्र शाहले त्यसअघि गार्ड अफ अनर लिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले शाहलाई अंगालो हालेर स्वागत गरेका थिए । नयाँ दिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयको पोडियममा प्रधानमन्त्री शाह र मोदीले भेट गरेका हुन् । अपडेट भइरहेको...
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।