म्याग्दी – बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उनी एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएका छन् । लामो समय अरुको फार्ममा काम गरेर सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्दै उनी सफल उद्यमी बन्ने यात्रामा छन् ।
आफ्नो फार्ममा हुर्काएका बङ्गुर बिक्रीयोग्य भएपछि मेघबहादुरले बजारमा पठाउन सुरु गरेका छन् । मासुका लागि तयार भएका १० वटा बङ्गुरलाई छुट्टै खोरमा राखेर बिक्रीको तयारी छ । डेढ सयदेखि दुई सय किलोभन्दा बढी तौल भएका बङ्गुर हुर्काउन उनले दिनरात मिहिनेत गरेका छन् ।
Read full story at source ( khabarhub.com )