Trending
Prev Story
Next Story

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

Nagarik News •
November 22, 2026 • 12:56 PM
5
5 reads 0 reactions

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्‍याउनुपर्ने माग गरे।

उनका अनुसार दाना, चोकरलगायत पशु आहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ। विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उनले बताए।

बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको सङ्घको भनाइ छ।

महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताए।

दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठिन भएको उनले बताए।

सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन्। जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ। कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध सङ्कलन गर्दै आएका छन्।

जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन्।

किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ। माग सम्बोधन नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र उत्पादित दूध बजारमा नपठाइ भण्डारण गर्ने अध्यक्ष कटुवालले बताए।

सरकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप छ।

किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन्। रासस

प्रकाशित: ६ मंसिर २०८३ १८:४१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले प...

#दूध #प्रतिलिटर #किसान
Compare →
Ekantipur
5h ago
मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।

#दूध #किसान #धनकुटा
Compare →
Onlinekhabar
2d ago
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको …

#दूध #किसान #धनकुटा
Compare →
Bizshala
3d ago
बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण

काठमाण्डौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालविवाह अन्त्यका लागि विवाहको कानुनी उमेर २० वर्ष नै...

#कायम
Compare →
Arthasansar
3d ago
मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा...

#कायम
Compare →

Related Stories

Business & Economy
Build #2612