Trending
Prev Story
Next Story

झुम्का कारागारबाट फरार ज’बरज’स्ती क’रणी मुद्दाका प्रतिवादी पक्राउ

Nagarik News •
November 22, 2026 • 11:55 AM
3
3 reads 0 reactions

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

झुम्का कारागारबाट फरार ज’बरज’स्ती क’रणी मुद्दाका प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ निवासी ३० वर्षीय भरतलाल मेहता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई आइतबार बिहान ८ः३० बजे सुनसरीको रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट पक्राउ गरिएको हो।

अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मेहताविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो। उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेको र अझै ४ वर्ष ९ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।

पक्राउ परेका मेहतामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १७:४० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
रामेछापमा विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

रामेछापमा विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

#फरार #प्रतिवादी #मुद्दा
Compare →
Onlinekhabar
5d ago
जेनजी आन्दोलनमा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ

३० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट …

#कारागार #फरार #मुद्दा
Compare →
Hamro Patro News
5d ago
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्...

#कारागार #फरार
Compare →

Related Stories

National (Nepal)
Build #2612