Trending
Prev Story
Next Story

जेन–जी आन्दोलनमा भीमफेदी कारागार फोडेर भागेका कैदी पक्राउ, १२२ जना अझै फरार

Ekantipur •
November 21, 2026 • 02:02 AM
3
3 reads 0 reactions

०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो ।

जेन–जी आन्दोलनमा भीमफेदी कारागार फोडेर भागेका कैदी पक्राउ, १२२ जना अझै फरार

०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो ।

जेन–जी आन्दोलनको क्रममा भीमफेदी कारागारवाट भागेका खैरो हिरोइनसम्बन्धी मुद्दामा एक कैदीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

०८२ भदौ २४ गते राती भीमफेदी कारागार फोडेर भागेका हेटौंडा उपमहानगरपालिका–१९ का २३ वर्षीय हर्षित राज मोक्तानलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरेको हो । कारागाराबाट भागेर विभिन्न स्थानमा लुक्दै छिप्दै आएका मोक्तान हेटौंडा बजार आएको प्रहरीले सुराकी पाएपछि बसपार्कबाट पक्राउ गर्न सफल भएको हो ।

जिल्ला अदालत मकवानपुरले २०८१ साल चैतमा मोक्तानलाई खैरो हिरोइन ओसार–पसार तथा व्यपार गरेको ठहर गर्दै ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जेन–जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर ४४० जना कैदीबन्दीहरु भागेका थिए ।

कारागार  फोडेर भागेकामध्ये  शुक्रबारसम्म १२२ जना कैदीबन्दी अझै फरार छन् । जेन–जी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते राती जेलबाट फरार भएकामध्ये २६ जना भारतीय नागरिक छन् । भागेका ४४० जना कैदी बन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानबाट ३ सय १८ जना जनालाई पक्राउ गरेको छ । १२२ जना अझै फरार भीमफेदी कारागारका प्रमुख पुस्कर रानाले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्...

#कारागार #आन्दोलन #कैदी
Compare →
Onlinekhabar
4d ago
जेनजी आन्दोलनमा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ

३० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट …

#कारागार #आन्दोलन #फरार
Compare →
Nagarik News
4d ago
जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार कैदी पक्राउ परेका छन्।

#आन्दोलन #कैदी #फरार
Compare →

Related Stories

National (Nepal)
Build #2612