Trending
Prev Story
Next Story

मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

Nagarik News •
November 22, 2026 • 11:54 AM
3
3 reads 0 reactions

उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।

मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

विपक्षी खेलाडीको अनुहारमा बल प्रहार गरेपछि अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी विवादमा परेका छन्।

उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।

आइतबार एमएलएस कप प्लेअफको बेस्ट अफ थ्री शृंखलाको पहिलो खेलमा इन्टर मियामीले कोलम्बस क्रुसँग ३-० को हार बेहोरेको थियो। सोही खेलको पहिलो हाफको अन्त्यतिर मेस्सीले विपक्षी खेलाडी गोन्जालो तापियाको अनुहारमा बल प्रहार गरेका थिए। त्यतिबेला मियामी १-० ले पछि परेको थियो भने टोलीका एक खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिइसकेका थिए।

थ्रो-इन गर्ने क्रममा तापियाले बल फाल्दा मेस्सीले ह्यान्डबलको अपिल गरेका थिए। त्यसपछि एक मिटरभन्दा कम दूरीमा रहेका तापियाको अनुहारमा मेस्सीले बल प्रहार गरेका थिए। बल लागेपछि तापिया मैदानमा लडेका थिए।

घटनापछि रेफ्री एलेन च्यापम्यानले मेस्सी र तापिया दुवैलाई पहेंलो कार्ड देखाएका थिए। तर कोलम्बस क्रुका प्रशिक्षक लरेन्ट कोर्टोइसले मेस्सीलाई रातो कार्ड दिनुपर्ने बताएका हुन्।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, 'सबैलाई थाहा छ, उनी पहेंलो कार्डभन्दा बढीको हकदार थिए। यो निकै दुखद कुरा हो।'

अन्तर्राष्ट्रिय फुटबल संघ (आईएफएबी) को खेल नियमअनुसार थ्रो-इनका क्रममा खेलाडीले विपक्षीमाथि बल प्रहार गरेमा घटनाको प्रकृतिअनुसार कारबाही हुन सक्छ। सामान्य बल प्रयोग भएको अवस्थामा पहेंलो कार्ड दिन सकिन्छ भने अत्यधिक बल प्रयोग भएको अवस्थामा हिंसात्मक व्यवहार मानेर रातो कार्ड दिन सकिन्छ।

तर रेफ्री च्यापम्यानले मेस्सीलाई पहेंलो कार्ड देखाउने निर्णयको बचाउ गरेका छन्। उनले बल प्रहार गर्दा प्रयोग भएको बल नगण्य रहेको र घटना हिंसात्मक व्यवहारको स्तरमा नपुगेको बताए।

खेलमा दुई गोल गरेका कोलम्बसका तापियाले भने रेफ्रीको निर्णयबारे टिप्पणी गर्न चाहेनन्। उनले भने, 'मलाई थाहा छैन, यो रातो कार्ड हो कि होइन। तर म रेफ्री होइन। यो विषय यहीँ सकिन्छ।'

मियामीका मुख्य प्रशिक्षक किली गोन्जालेजले पनि रेफ्रीको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए। उनले भने, 'कार्डले खासै परिवर्तन गर्दैन। रेफ्रीले पहेंलो कार्ड देखाए, कुरा त्यहीँ सकियो। हामी रेफ्रीलाई दोष दिन सक्दैनौं। कहिलेकाहीं उनीहरूबाट गल्ती हुन्छ र हामीले त्यसलाई स्वीकार गर्नुपर्छ।'

३-० को जितसँगै कोलम्बस क्रु प्लेअफको दोस्रो खेलमा पनि जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। सन् २०२३ को च्याम्पियन कोलम्बसले शुक्रबार ओहायोमा हुने दोस्रो खेल जितेमा मेस्सीको इन्टर मियामी प्लेअफबाट बाहिरिनेछ।

मियामीका प्रशिक्षक गोन्जालेजले पहिलो खेलमा टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरेका छन्।

उनले भने, 'यो हाम्रो लागि केही पनि राम्रो नभएको खेल थियो। हामीले विपक्षीलाई सहजै गोल गर्ने अवसर दियौं। हामीले अपेक्षा गरेअनुसार खेल्न सकेनौं। अब यसबाट सिक्नुपर्छ। अर्को खेल जित्न नसके हामी प्रतियोगिताबाट बाहिरिनेछौं।'

प्रकाशित: ६ मंसिर २०८३ १७:३९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएलको फाइनलमा ड्रोनबाट देखिएको त्रिवि क्रिकेट मैदान

एनपीएलको फाइनलमा ड्रोनबाट देखिएको त्रिवि क्रिकेट मैदान

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको उल्लेख्य भीड लागेको छ। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उपाधि भिडन्त जारी रहँदा ड्रोनबाट त्रिवि क्रिके...

#मैदान
Compare →
Ekantipur
1d ago
चोटग्रस्ट केन केही महिना मैदान बाहिर

चोटग्रस्ट केन केही महिना मैदान बाहिर

१–१ को बराबरीमा सकिएको खेलमा केनसँगै फ्रान्सेली विङ्गर माइकल ओलिस पनि चोटका कारण मैदानबाट बाहिरिए।

#मैदान
Compare →
Onlinekhabar
2d ago
सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको …

#मैदान
Compare →
Arthasansar
3d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#मैदान
Compare →

Related Stories

Sports
Build #2612