Trending
Prev Story
Next Story

बैतडीमा एक महिनामा १७१ सवारीसाधनलाई कारबाही

Ekantipur •
November 22, 2026 • 10:03 AM
3
3 reads 0 reactions

क्षमताभन्दा बढी यात्रु वा मालसामान बोक्ने, कागजात नबोक्ने तथा मापसे गर्ने चालकसमेत कारबाहीमा परेका छन्।

बैतडीमा एक महिनामा १७१ सवारीसाधनलाई कारबाही

क्षमताभन्दा बढी यात्रु वा मालसामान बोक्ने, कागजात नबोक्ने तथा मापसे गर्ने चालकसमेत कारबाहीमा परेका छन्।

बैतडी — जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ७१ सवारीसाधनबाट जरिवानाबापत १ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कात्तिक महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५ जीपकारबाट १ लाख ८ हजार ५ सय रुपैयाँ, ३१ मोटरसाइकलबाट २६ हजार, १२ ट्रकबाट १५ हजार, ६ ट्रयाक्टरबाट ५ हजार ५ सय, ६ बसबाट ४ हजार ५ सय र ११ तीनपांग्रे अटोबाट ९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक यज्ञराज पन्तले जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु वा मालसामान बोक्ने, सवारीसाधनका कागजात नबोक्ने, प्रयोजनविपरीत सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लापरबाही गर्ने चालकलाई कारबाही गरिएको उनले बताए।

यस्तै, एक महिनाको अवधिमा जिल्लाभर पाँचवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुई दुर्घटना चालकका कारण, दुई सवारीसाधनका कारण र एक दुर्घटना यात्रुका कारण भएको हो ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
चार महिनामा ६ हजार २९ सवारीलाई कारबाही, ८९ लाख बढी राजस्व संकलन

चार महिनामा ६ हजार २९ सवारीलाई कारबाही, ८९ लाख बढी राजस्व संकलन

कपिलवस्तुमा चालु आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको २ हजार ८५६ सवारी साधनलाई कारबाही गरिएको छ।

#ट्राफिक #कारबाही #महिनामा
Compare →
Bizshala
5d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#ट्राफिक #कारबाही
Compare →
Hamro Patro News
6d ago
कात्तिकमा १२ हजार ९६७ चालक कारबाहीमा, मापसेका सबैभन्दा बढी

कात्तिकमा १२ हजार ९६७ चालक कारबाहीमा, मापसेका सबैभन्दा बढी

कात्तिक महिनामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक...

#ट्राफिक #कारबाही
Compare →
Onlinekhabar
1d ago
बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

६ मंसिर, बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो । मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको …

#बैतडी
Compare →

Related Stories

Technology
Build #2612