Trending
Prev Story
Next Story

त्रिविले रसुवा बाढी प्रभावित विद्यार्थीका लागि १६ शीर्षकमा शुल्क मिनाहा गर्ने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको …

त्रिविले रसुवा बाढी प्रभावित विद्यार्थीका लागि १६ शीर्षकमा शुल्क मिनाहा गर्ने

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस गरेपछि शुल्क मिनाहा हुनेछ ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी, परीक्षा शुल्क, त्रिवि रजिष्ट्रेशन शुल्कबाहेकका शुल्क मिनाहा हुनेछ । त्रिवि फा.नं. १ मा उल्लेखित शुल्क मिनाहा गर्न सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग र केन्द्रहरूलाई निर्देशन त्रिविले निर्देशन दिएको छ । उक्त फारम अनुसार १६ वटा शुल्क मिनाहा हुनेछ ।

जसमा क्याम्पस प्रवेश शुल्क, त्रिभुवन विश्वविद्यालय दर्ता शुल्क, शिक्षण शुल्क, परिचय पत्र शुल्क, खेलकुद शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्क, परीक्षा शुल्क, छात्रावास शुल्क, जरिबाना, सोधपत्र शुल्क, विविध शुल्क, पुस्तकालय धरौटी, छात्रवास धरौटी, प्रयोगशाला धरौटी र विविध विद्यार्थी धरौटी शुल्क मिनाहा हुने त्रिविले जनाएको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् ।

तोकिएको शैक्षिक सत्रको वार्षिक/सेमेस्टर प्रणालीमा भर्ना भई अध्ययनरत रहेका र आगामी शैक्षिकसत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीको १६ वटा शीर्षकको शुल्क मिनाहा हुने हो । यो नियम आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक वर्ष २०८७/८८ सम्म मात्र कायम हुने त्रिविले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान

भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान

रसुवा, नुवाकोट र धादिङका विस्थापित विद्यार्थीलाई नजिकका विद्यालय, सिकाइ केन्द्र तथा काठमाडौं र ललितपुरका विद्यालयमा पढ्ने अवसर मिलाइएको छ।

#बाढी #विद्यार्थी
Compare →
Bizshala
43m ago
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

काठमाण्डौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका थप ७४०...

#बाढी #रसुवा
Compare →
Hamro Patro News
3h ago
बाढी प्रभावितको अवस्था र पुनःस्थापनाको आवश्यकता बुझ्न भोटेकोशी पुगे गगन थापा

बाढी प्रभावितको अवस्था र पुनःस्थापनाको आवश्यकता बुझ्न भोटेकोशी पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्द...

#बाढी #प्रभावित
Compare →
Nagarik News
5h ago
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।

#बाढी #प्रभावित
Compare →
Arthasansar
2d ago
सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट...

#शुल्क
Compare →

Related Stories

Education & Youth
Build #2612