Trending
Prev Story
Next Story

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

Arthasansar •
November 20, 2026 • 07:07 AM
4
4 reads 0 reactions

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट...

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज) मा छुट प्रदान गर्ने भएको हो।

कम्पनीका अनुसार व्यतित मितिबाट दुई वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी, व्यतित मितिबाट दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ। उक्त छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ। साथै, यस सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ।

विभिन्न कारणले व्यतित अवस्थामा रहेका बीमालेखहरूलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु यस अभियानको मुख्य उद्देश्य रहेको छ। यस अभियानले बीमितहरूलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्त्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ। कम्पनीले योग्य बीमितहरूलाई अभियान अवधिभित्र आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ।

यस सम्बन्धमा थप जानकारीका लागि कम्पनीको नजिकको शाखा तथा उपशाखामा सम्पर्क गर्न सकिनेछ। साथै, कम्पनीको सम्पर्क नम्बर ९८०१२३४४४४, टेलिफोन नम्बर ०१-४५३६१२६, इमेल [email protected] तथा वेबसाइट www.sunlife.com.np मार्फत पनि जानकारी प्राप्त गर्न सकिनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनी...

#व्यतित #बीमालेख #पुनर्जागरण
Compare →
Bizshala
58m ago
सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५...

#व्यतित #बीमालेख #पुनर्जागरण
Compare →
Onlinekhabar
2d ago
क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

१ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा …

#शुल्क
Compare →
Nagarik News
1w ago
राजनीतिक पुनर्जागरण र राष्ट्रिय चेतना

राजनीतिक पुनर्जागरण र राष्ट्रिय चेतना

आजको विश्व राजनीति एउटा गम्भीर वैचारिक संक्रमणबाट गुज्रिरहेको छ।

#पुनर्जागरण
Compare →

Related Stories

National (Nepal)
Build #2612