काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दुईदिने राजकीय भारत भ्रमणको विषयमा विपक्षी दलहरूसँग सल्लाह नगरेकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । सोमबार दुई देशबिच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
दुई देशका प्रधानमन्त्रीबिचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
Read full story at source ( ratopati.com )