Trending
Prev Story
Next Story

चीन भ्रमणमा गएका नेताहरूको सोच अझै पुरानै स्वार्थमा केन्द्रित : चन्द्र भण्डारी

Nagarik News •
November 22, 2026 • 01:58 AM
3
3 reads 0 reactions

चीन भ्रमणमा गएका नेताहरूले मुलुकका लागि केही नयाँ कुरा सिकेर फर्कने अपेक्षा गरे पनि सार्वजनिक अडियोमा सुनिएका कुराले निराश बनाएको उनले बताएका छन्।

चीन भ्रमणमा गएका नेताहरूको सोच अझै पुरानै स्वार्थमा केन्द्रित : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चीन भ्रमणमा गएका नेताहरूको सोच र चिन्तनप्रति असन्तुष्टि जनाएका छन्।

चीन भ्रमणमा गएका नेताहरूले मुलुकका लागि केही नयाँ कुरा सिकेर फर्कने अपेक्षा गरे पनि सार्वजनिक अडियोमा सुनिएका कुराले निराश बनाएको उनले बताएका छन्।

'दुःख लागेको छ! चीन भ्रमणमा जानुभएका माननीयहरूले मुलुकका लागि केही नयाँ सिकेर फर्कनुहुनेछ भन्ने अपेक्षा थियो। तर सार्वजनिक अडियोका कुरा सुन्दा सोच र चिन्तन अझै पुरानै स्वार्थमा केन्द्रित देखिन्छ,' भण्डारीले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले देशले युवा गुमाएको, राष्ट्रिय सम्पत्ति खरानी भएको र सत्ता परिवर्तन भए पनि नेताहरूको चेतनामा परिवर्तन नआएको टिप्पणी गरे।

'देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन,' उनले भने।

प्रकाशित: ६ मंसिर २०८३ ०७:४३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्री बालेनलाई भ्रमण गराउन चीनले थाल्याे पहल

प्रधानमन्त्री बालेनलाई भ्रमण गराउन चीनले थाल्याे पहल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणकाे अन्तिम तयारीमा रहेका बेला चीनले पनि भ्रमणका लागि पहल सुरु गरेको छ । बालेन प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै चीनले पनि भ्रमणका लाग...

#चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#चीन #भ्रमण
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण
Compare →
Arthasansar
20h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#भ्रमण
Compare →
Onlinekhabar
1d ago
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका …

#भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612