काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगिताको समापन मङ्सिर २७ गते हुनेछ ।
Read full story at source ( bishowkhabar.com )