Trending
Prev Story
Next Story

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

६ मंसिर, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । सहायक सडक तथा …

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

६ मंसिर, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ । महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए ।

कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन् ।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले ७ मंसिरभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ।

#नगर #पालिका #पर्सा
Compare →
Ekantipur
1d ago
बारा–पर्साका चार पालिकामा मंसिरभित्रै संयुक्त नगर बस चलाउने तयारी

बारा–पर्साका चार पालिकामा मंसिरभित्रै संयुक्त नगर बस चलाउने तयारी

वीरगन्ज, जितपुरसिमरा, कलैया र परवानीपुरले यातायात सेवा सञ्चालनका लागि एक करोड रुपैयाँको संयुक्त कोष स्थापना गर्ने निर्णय गरेका छन्।

#नगर #पालिका #पर्सा
Compare →
Hamro Patro News
2d ago
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन्। बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्...

#पालिका
Compare →

Related Stories

World News
Build #2612