Trending
Prev Story
Next Story

फाइनलमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १ सय ५६ रनको लक्ष्य

Ekantipur •
November 21, 2026 • 01:02 PM
2
2 reads 0 reactions

कीर्तिपुरमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएपछि सुदूरपश्चिमले उपाधिका लागि यो लक्ष्य पछ्याउनेछ।

फाइनलमा लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १ सय ५६ रनको लक्ष्य

कीर्तिपुरमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएपछि सुदूरपश्चिमले उपाधिका लागि यो लक्ष्य पछ्याउनेछ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्न १ सय ५६ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रन बनायो ।

नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पुनः लुम्बिनीलाई निराश बनाए । उनी १ रनमात्र बनाई स्कट कुग्लेनको बलमा एलबीडब्ल्यू आउट भए । अर्का ओपनर डीआरसी शर्टले १८ बलमा २१ रन बनाए । उनले चार चौका प्रहार गरे । पहिलो पावरप्लेको अन्तिम ओभर लिएर आएका कप्तान दीपेन्द्रसिंह ऐरीले शर्टलाई बोल्ड गरे ।

निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे । अर्का श्रीलंकाली खेलाडी थारिन्दु रथ्नायकेले उनलाई बोल्ड गरे । कप्तान रोहित पौडेलले ३० रन बनाए । दिलीप नाथको कलमा रनआउट हुन पुगेका रोहितले ३१ बल खेल्दै २ चौका प्रहार गरे ।

सन्दीप जोरा ४ रनमै आउट भए । दिलीप र अली शेखले छैटौं विकेटमा १९ बलमा ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले १ सय ५० रनको स्कोर पार गरेको थियो । अमेरिकी ब्याटर अलीले १२ बल खेली समान २ चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । उनको स्थानमा आएका रुबेल ट्रम्पलम्यान २ बलमा ४ रन बनाई अविजित रहे ।

दिलीपले सर्वाधिक ३९ रन बनाई अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का प्रहार गरे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १५ पुर्‍याए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका रिजन ढकालभन्दा २ विकेटले पछाडि छन् । कुग्लेनले ४ ओभरमा २५ रनमात्र खर्चे । हेमन्त धामी, रत्नायके र दीपेन्द्रले १–१ विकेट लिए ।

लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा छ भने सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो । लगातार तेस्रो वर्ष फाइनल खेलिरहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा पनि जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु ह...

#सुदूरपश्चिम #लुम्बिनी #फाइनल
Compare →
Nagarik News
12h ago
एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

#सुदूरपश्चिम #लुम्बिनी #फाइनल
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#सुदूरपश्चिम #लुम्बिनी #फाइनल
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले एक परिवर्तन गरेको छ …

#सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612