Trending
Prev Story
Next Story

एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सद्वारा लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

Ekantipur •
November 21, 2026 • 11:33 AM
2
2 reads 0 reactions

कीर्तिपुरमा दीपेन्द्रसिंह ऐरीको टोलीले पहिले बलिङ रोज्दै लुम्बिनीविरुद्ध फाइनलमा दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ।

एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सद्वारा लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

कीर्तिपुरमा दीपेन्द्रसिंह ऐरीको टोलीले पहिले बलिङ रोज्दै लुम्बिनीविरुद्ध फाइनलमा दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको फाइनलमा पहिले फिल्डिङ गर्ने भएको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको हो ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन एनपीएलको फाइनल खेल्दै छ । चितवन राइनोजविरुद्ध बिहीबार क्वालिफायर २ खेलेको टोलीबाट सुदूरपश्चिमले फाइनल खेल्ने टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनको स्थानमा इंग्लिस खेलाडी सैफ जैबलाई खेलाएको छ ।

यी दुई टोली यस सिजनको प्रतियोगितामा तेस्रो पटक खेलिरहेका छन् । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिमलाई कुनै मौका दिएको थिएन । सुदूरपश्चिमविरुद्ध क्वालिफायर १ खेलेको टोलीबाट लुम्बिनीले आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।

लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
44m ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#एनपीएल #फाइनल #सुदूरपश्चिम
Compare →
Hamro Patro News
7h ago
आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त

आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क...

#एनपीएल #फाइनल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं । थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शन चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले …

#एनपीएल #फाइनल #सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #सुदूरपश्चिम #फाइनल
Compare →
Arthasansar
7h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #फाइनल
Compare →

Related Stories

Sports
Build #2612