Trending
Prev Story
Next Story

थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

Onlinekhabar •
November 19, 2026 • 03:30 PM
1
1 reads 0 reactions 4 comments

काठमाडौं । थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शन चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले …

थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं । थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शन चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो संस्करणमा पनि फाइनल स्थान बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविन मालानको अविजित ७१ रन मद्दतमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्ससँग आउने शनिबार खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग नै पराजित भएको सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो । जसमा श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको अलराउण्ड प्रदर्शन सुदूरपश्मिले फाइनल यात्रा तय गरेको हो ।

थरिन्दुले ५३ रन बनाउनुका साथै २ विकेट लिए । सुदूरपश्चिमका लागि थरिन्दुले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका प्रहार गरे । थरिन्द्रले विजयी चौका प्रहार गरेका थिए ।

आक्रमक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले १३ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २३ रन जोडे । पहिलो विकेटका लागि विनोदले जर्ज मन्सेसँग २३ रनको साझेदारी गरेका थिए ।

तर ओपनर जर्ज मन्सेल भने लगातार दोस्रो खेलमा प्रभाव पार्न सकेनन् । उनी १५ बल खेलेर ८ रनमा आउट भए ।

वान डाउनमा ब्याटिङ गरेका स्कट कुगेलेइन २ र इशान पाण्डे १० रनमा आउट हुँदा सुदूरपश्चिम ४५-४ को स्थितिमा पुगेको थियो ।

त्यसपछि थरिन्दुले पाँचौ विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ३१ र छैटौं विकेटका लागि आरिफ शेखसँग २६ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेख १० रन बनाएर आउट भए ।

तर थरिन्दुले एक छेउ सम्हाल्दै सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए ।

बलिङमा चितवनका लागि रन्जित कुमारले २ तथा कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका मलानले अविजित ७१ रन बनाए ।

ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले अन्तिमसम्म ब्याटिङ गर्दै अविजित ७१ रन बनाए । उनले ५१ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे ।

मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको साझेदारी गरे । आठौं नम्बरमा ब्याटिङ गरेका खानले १६ बलमा १ छक्का मद्दतमा १८ रन जोडे । यस्तै कमलसिंह ऐरीले ८ बलमा १ छक्का मदतमा १० रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर कमिलश मिशारा ४, देव खनाल ६ रनमा आउट हुँदा, कप्तान रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३, उसामा मिर २ रन बनाएर आउट भए । रिजन ढकाल ४ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
34m ago
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन वि...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
13h ago
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
5h ago
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)-३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम र इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको चितवन फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछन् ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
4h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
41m ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

World News
Build #2612