Trending
Prev Story
Next Story

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

Hamro Patro News •
November 19, 2026 • 03:42 PM
1
1 reads 0 reactions

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन वि...

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य नायक बने । १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको ब्याटिङ धर्मराए पनि रत्नायकेले एक छेउ सम्हाल्दै धैर्यपूर्ण ब्याटिङ गरे । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित ५३ रनको योगदान दिए भने थरिन्दुले नै विजयी चौका प्रहार गरेका थिए । ब्याटिङअघि बलिङतर्फ पनि उनले २ विकेट लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
41m ago
थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं । थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शन चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
5h ago
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)-३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम र इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको चितवन फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछन् ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
13h ago
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
37m ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
4h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

World News
Build #2612