Trending
Prev Story
Next Story

इराकको विद्युत् केन्द्रमा विस्फोट हुँदा चार जनाको मृत्यु, ३० घाइते

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । इराकी सुरक्षा अधिकारीहरूका …

इराकको विद्युत् केन्द्रमा विस्फोट हुँदा चार जनाको मृत्यु, ३० घाइते

इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् ।

इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल पुगेका अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएका छन् ।

विस्फोट र आगलागीको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । घटनाबाट भएको क्षतिको पूर्ण विवरणसमेत संकलन भइसकेको छैन ।

सुरक्षा स्रोतका अनुसार विद्युत् केन्द्रमा लागेको आगो नजिकैका आवासीय क्षेत्रमा समेत फैलिएको थियो । घटनापछि केन्द्रको सञ्चालन बन्द गरिएको छ ।

अधिकारीहरूका अनुसार हरिथा विद्युत् उत्पादन केन्द्रको कुल उत्पादन क्षमता ८०० मेगावाट रहेको छ । तर घटना हुनुअघि यसले करिब ४०० मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो ।

इराकको विद्युत् क्षेत्र दशकौंदेखि न्यून लगानी, कमजोर मर्मतसम्भार र पूर्वाधारसम्बन्धी समस्याबाट प्रभावित हुँदै आएको छ । विशेषगरी गर्मीयाममा विद्युत्को माग बढ्दा देशले लामो समयसम्म विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या झेल्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#मृत्यु #घाइते #जनाको
Compare →
Ekantipur
2d ago
भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।

#मृत्यु #घाइते #जनाको
Compare →
Nagarik News
6h ago
सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

#मृत्यु #घाइते
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु #जनाको
Compare →

Related Stories

Politics & Governance
Build #2612