Trending
Prev Story
Next Story

टेनिस: अस्ट्रेलियन ओपनकाे वाइल्डकार्ड पाउन अभिषेक छेन्दुतर्फ

Ekantipur •
November 21, 2026 • 12:03 PM
3
3 reads 0 reactions

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्नका लागि चीनको छेन्दु गएका छन् ।

टेनिस: अस्ट्रेलियन ओपनकाे वाइल्डकार्ड पाउन अभिषेक छेन्दुतर्फ

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्नका लागि चीनको छेन्दु गएका छन् ।

काठमाडौं — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्नका लागि चीनको छेन्दु गएका छन् ।

उनी अस्ट्रेलियन ओपन वाइल्डकार्ड प्लेअफ खेल्न पाउने पहिलो नेपाली खेलाडी हुन् । सिचुआन अन्तर्राष्ट्रिय टेनिस केन्द्रमा हुने उक्त प्रतियोगितामा एसियाका उच्च वरीयताप्राप्त खेलाडीहरू पनि प्रतिस्पर्धी हुँदै छन् ।

यही २३ नोभेम्बरमा पुरुष एकलतर्फको छनोट चरण (क्वालिफाइङ) सुरु हुनेछ । यस प्लेअफ विजेता मेलबर्नमा हुने अस्ट्रेलियन ओपन २०२७ को पुरुष एकल मुख्य ‘ड्र’ मा सिधै प्रवेश पाउने छन् । युगल विधाका खेलाडीलाई पनि अस्ट्रेलियन ओपनको मुख्य ‘ड्र’ मा सिधै प्रवेशका लागि वाइल्ड कार्ड दिइनेछ ।

यो प्रतियोगिता चिनियाँ टेनिस संघको सहयोगमा हुन लागेको हो । स्पर्धामा एसिया–प्रशान्त क्षेत्रका सबै देशका खेलाडीका लागि खुला छ, तर अस्ट्रेलियाका खेलाडीहरू यसमा सहभागी हुन पाउने छैनन् । पुरुष तथा महिला खेलाडीको विश्व वरीयता १०५ वा सोभन्दा तलको हुनुपर्ने प्रावधान छ ।

चार एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने सानैदेखिको सपना साकार गर्ने यात्रामा आफू अगाडि बढेको बताएका छन् । अस्ट्रेलियन ओपन छनोट हुनका लागि आफूले सक्दो उच्च प्रदर्शन गर्ने बताए । उनले युटीआरका दर्जनाै‌ं अन्तर्राष्ट्रिय प्रतियाेगिता खेलिसकेका छन् ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612