प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
दाङ — अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा शुक्रबार राति तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका ३३ वर्षीय सुनिल थापा, २४ वर्षीय प्रजल श्रेष्ठ र बबईका २५ वर्षीय विनोद सुनार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ३१ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र ५२ हजार २ सय ५० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए । सुनिलको साथबाट १९ ग्राम २१० मिलिग्राम ब्राउनसुगर र नगद ४८ हजार, प्रजलको साथबाट २ ग्राम २६० मिलिग्राम र ३ हजार २ सय ५० नगद तथा बिनोदको साथबाट ९ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको उनले बताए । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट पक्राउ गरेको हो ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।