Trending
Prev Story
Next Story

गीतकार नानुमैया दाहालकाे ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक

Nagarik News •
November 21, 2026 • 05:33 AM
3
3 reads 0 reactions

खोटाङमा जन्मिएर हाल विराटनगरमा बसोबास गर्दै आएकी स्रष्टा नानुमैया दाहालको नयाँ गीत ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक भएको छ।

गीतकार नानुमैया दाहालकाे ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक

खोटाङमा जन्मिएर हाल विराटनगरमा बसोबास गर्दै आएकी स्रष्टा नानुमैया दाहालको नयाँ गीत ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक भएको छ।

वरिष्ठ सङ्गीतकार शान्तिराम राईको सङ्गीत र स्थापित गायक उदय सोताङको स्वरमा सजिएको यो गीतले जीवनका दैनिक पीडा, अनपेक्षित अवरोध र विडम्बना मार्मिक बिम्बमार्फत उतारेको छ।

बाटो छेक्ने पहिरो, सपना धुमिल बनाउने दृश्य र फूल रोप्दा काँडा फुल्ने जस्ता बिम्बहरूले मानवीय सङ्घर्षको गहिराइ छर्लङ्ग पारेका छन्।

त्यसैगरी, मन्दिरमा देउता नै रुने र चौतारी ढल्न खोज्ने बिम्बहरूमार्फत गीतले सहन नसकिने पीडाको अत्यन्त संवेदनशील चित्रण गरेको छ।

​करिब डेढ दशकदेखि सिर्जना यात्रामा सक्रिय दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसङ्ग्रह प्रकाशित छ भने एउटा कवितासङ्ग्रहको पाण्डुलिपि तयारी अवस्थामा रहेको छ।

मूलतः काव्य विधामा कलम चलाउने उनका नियात्रा तथा वैचारिक लेख लगायतका फुटकर रचनाहरू पनि समयसमयमा प्रकाशित हुँदै आएका छन्।

साहित्यलाई सामाजिक रूपान्तरणको माध्यम मान्ने दाहालले राष्ट्रिय कविता महोत्सवमा द्वितीय स्थान हासिल गर्नुका साथै नोबेल साकोस साहित्य सम्मान प्राप्त गरिसकेकी छन्। उनी पल्लव साहित्य प्रतिष्ठान, चितवनद्वारा प्रदान गरिने मीना-रत्न साहित्य पुरस्कार तथा पल्लव साहित्य सम्मानबाट समेत सम्मानित हुँदै छिन्।

प्रकाशित: ५ मंसिर २०८३ ११:१८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
‎कवि तथा गीतकार दीपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

‎कवि तथा गीतकार दीपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

कवि तथा गीतकार दीपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । दीपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । ‎ ‎माया प्रेमको भावलाई समेटिएको गीतको म्युज...

#गीत #गीतकार
Compare →
Onlinekhabar
1w ago
कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई 'पाखण्डीपन' भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा …

#हरेक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612