Trending
Prev Story
Next Story

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

Nagarik News •
November 21, 2026 • 05:22 AM
3
3 reads 0 reactions

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्।

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका हुन्। उनका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन्। निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउने उनले बताए।

'अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ', मन्त्री पोखरेलले भने।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको उनले बताए।

'तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो। कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुङ्गिन बाँकी छ', मन्त्री पोखरेलले भने। उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’का रूपमा बुझेको थियो। तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए।

'राज्यले गर्ने काम आफैँ गर्छ। देशको कानुनअनुसार काम हुन्छ। त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ। त्यसमा उहाँहरू सकारात्मक हुनुभयो', मन्त्री पोखरेलले भने। सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८३ ११:०७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
23h ago
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

५ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका …

#फिफा #निलम्बन #फुकुवा
Compare →
Hamro Patro News
7h ago
नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल ...

#फिफा #निलम्बन #फुकुवा
Compare →
Ekantipur
10h ago
अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

मन्त्री सस्मित पोखरेलका अनुसार फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्ता दिइएको छ र डिसेम्बरमा निर्वाचनको रोडम्याप आउनेछ।

#फिफा #निलम्बन #पोखरेल
Compare →
Arthasansar
2d ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#निलम्बन #एन्फा #फुकुवा
Compare →

Related Stories

Sports
Build #2612