Trending
Prev Story
Next Story

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

५ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका …

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

५ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् ।

‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउछौं । त्यो रोडम्यापअनुसार निर्वाचन गर्नुपर्ने उहाँहरुको प्रस्ताव छ,’ उनले भने, ‘हामीले राखेको कुराहरुमा पनि उहाँहरु पोजेटिभ हुनुहुन्छ, उहाँले राखेको कुरामा हामी पनि पोजेटिभ छौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री पोखरेलले फिफा र एएफसी तहगत निर्वाचनमा सहमत हुँदा समस्या समाधान भएको उल्लेख गरे । फिफा-एएफसी र सरकारबीच बुझाइमा फरकपन हुँदा यो समस्या आएको उनको भनाइ छ । ‘राज्यले गर्ने काम आफैले गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले गर्दैनौ भनेर उहाँहरुलाई जानकारी गरायौं,’ उनले भने, ‘ त्यसमा उहाँहरु पोजेटिभ हुनुभयो ।’

एन्फा निर्वाचन पुरानै नेतृत्वले गर्ने कि अन्तरिम कमिटी बनाएर गर्ने भन्नेबारे टुंगो लाग्न बाकी रहेको मन्त्री पोखरेलले बताए । उनले भने, ‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने कहिले गर्ने भन्ने विषयमा टुंगिन बाकी छ ।’

एएफसी अवार्ड समारोहमा थाइल्यान्ड गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । नेपाली टोलीले निलम्बन फुकुवाका लागि फिफा र एएफसीका प्रतिनिधिसंग वार्ता पनि गरेको थियो । नेपाली टोलीमा मन्त्री पोखरेलसहित राखेप उपाध्यक्ष विशाल श्रेष्ठ र मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यन्जनकार पनि सहभागी थिए श्र

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल ...

#फिफा #फुटबल #निलम्बन
Compare →
Nagarik News
5h ago
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्।

#फिफा #निलम्बन #फुकुवा
Compare →
Ekantipur
9h ago
अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

मन्त्री सस्मित पोखरेलका अनुसार फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्ता दिइएको छ र डिसेम्बरमा निर्वाचनको रोडम्याप आउनेछ।

#फिफा #निलम्बन #पोखरेल
Compare →
Arthasansar
2d ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#निलम्बन #एन्फा #फुकुवा
Compare →

Related Stories

Sports
Build #2612