Trending
Prev Story
Next Story

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च विन्दुमा

Ekantipur •
November 21, 2026 • 01:02 AM
1
1 reads 0 reactions

अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको छ।

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च विन्दुमा

अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको छ।

क्यानबेरा — अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो । यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार बेरोजगारी दर सेप्टेम्बरमा ४.७ प्रतिशत थियो । अर्थशास्त्रीहरूले बेरोजगारी दर त्यतिमै स्थिर रहने अनुमान गरेका थिए । तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा फरक अवस्था देखाएको छ ।

तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्मको अवधिमा रोजगारीमा रहेका अस्ट्रेलियाली नागरिकको संख्या ४३ हजार ५ सयले घटेको छ । यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८ सयले बढेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए । यसअघि सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३ सयले घटेको थियो ।

यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर क्रमशः बढ्ने अनुमान थियो । बैंकका अनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्ने अनुमान गरिएको थियो ।

अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा पनि बेरोजगारी बढेको छ । उक्त उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ । यो पनि पाँच वर्षयताकै उच्च दर हो ।

अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो । श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको तथ्यांक विभागले जनाएको छ । यस दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ । लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु तथा श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा आएको परिवर्तनलाई संकेत गरेको छ । विशेष गरी युवा उमेर समूहमा बेरोजगारी बढ्नु रोजगार बजारका लागि चुनौतीका रूपमा देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

एजेन्सी । अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो स...

#बेरोजगारी #पुगे #अस्ट्रेलिया
Compare →
Nagarik News
1d ago
अस्ट्रेलियामा गहिरिँदै रोजगारीको संकट : बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा गहिरिँदै रोजगारीको संकट : बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। रोजगारीमा रहेका व्यक्तिको संख्या घट्दै गएको र बेरोजगारको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको श्रम बजारमा दबाब बढेको देखिएको छ।

#बेरोजगारी #पुगे #अस्ट्रेलिया
Compare →
Onlinekhabar
1d ago
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

३ मङ्सिर, क्यानबेरा (रासस/सिन्ह्वा)। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च …

#बेरोजगारी #पुगे #अस्ट्रेलिया
Compare →
Bizshala
1d ago
सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य...

#वर्षयता #विन्दु
Compare →
Arthasansar
1w ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →

Related Stories

World News
Build #2612