Trending
Prev Story
Next Story

काभ्रेमा नियन्त्रणमा लिइएका विदेशी नागरिकमाथि अनुसन्धान जारी, डिजिटल उपकरण परीक्षण गरिँदै

Ekantipur •
November 20, 2026 • 03:32 PM
2
2 reads 0 reactions

प्रहरीका अनुसार विदेशी नागरिक नेपाल आउँदा लिएको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशंकामा अनुसन्धान गरिएको हो ।

काभ्रेमा नियन्त्रणमा लिइएका विदेशी नागरिकमाथि अनुसन्धान जारी, डिजिटल उपकरण परीक्षण गरिँदै

प्रहरीका अनुसार विदेशी नागरिक नेपाल आउँदा लिएको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशंकामा अनुसन्धान गरिएको हो ।

काभ्रे — काभ्रेको पाँचखाल र पनौतीस्थित बल्थलीका होटल तथा रिसोर्टमा शंकास्पद गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएका विदेशी नागरिकमाथि अनुसन्धान जारी छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखालबाट नियन्त्रणमा लिइएका विदेशी नागरिकलाई बुधबार नै काठमाडौं पठाइएको थियो । बल्थलीस्थित माउन्टेन रिसोर्टबाट नियन्त्रणमा लिइएका जापानी तथा चिनियाँ नागरिकलाई भने बिहीबार अध्यागमन विभागमा बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार दुवै स्थानबाट नियन्त्रणमा लिइएका नागरिकलाई काठमाडौंमै राखिएको छ ।

प्रहरीले उनीहरू बसेका होटल तथा रिसोर्टबाट विभिन्न विद्युतीय उपकरण बरामद गरेको उनले बताए । ती उपकरण परीक्षणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको विष्टले जानकारी दिए । 'उनीहरू फौजदारी कसुरमा संलग्न रहेको भन्ने आशंका मात्रै हो । अहिलेसम्म कुनै कसुर पुष्टि भएको छैन,' विष्टले भने, 'हामीले प्रारम्भिक अनुसन्धान गरेर बरामद भएका सामग्री थप परीक्षणका लागि पठाउने र व्यक्तिहरूलाई अध्यागमन विभागमा बुझाउने काम गरेका छौं ।'

प्रहरीका अनुसार विदेशी नागरिक नेपाल आउँदा लिएको भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको हुन सक्ने आशंकामा अनुसन्धान गरिएको हो । उनीहरूले प्रयोग गरेका डिजिटल उपकरणमा के-कस्ता गतिविधि भएका थिए भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

बरामद उपकरणको परीक्षणका क्रममा अनलाइन ठगी वा अन्य कुनै फौजदारी कसुरसँग सम्बन्धित प्रमाण फेला परेमा सोहीअनुसार थप कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । विदेशी नागरिकहरूको नेपाल बसाइ र भिसासम्बन्धी विषयमा भने अध्यागमन विभागले थप छानबिन गर्नेछ । 'डिजिटल डिभाइस परीक्षण भएपछि मात्रै केही कुरा खुल्न सक्छ । अहिले नै उनीहरूले यस्तो कसुर गरेका हुन् भनेर निष्कर्षमा पुग्ने अवस्था छैन,' विष्टले भने ।

प्रहरीले पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले रिसोर्टका कोठालाई कार्यालयजस्तो बनाएर ल्यापटप र मोबाइलमार्फत गतिविधि सञ्चालन गरिरहेको पाइएको थियो । त्यस्तै, पनौतीको बल्थलीस्थित माउन्टेन रिसोर्टबाट पनि चिनियाँ र जापानी गरी ४० जना नागरिकलाई नियन्त्रणमा लिइएको थियो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

वित्तीय अपराध नियन्त्रणमा प्रविधिमैत्री अनुसन्धान आवश्यक : प्रहरी महानिरीक्षक केसी

केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

#अनुसन्धान #नियन्त्रण
Compare →
Bizshala
2d ago
प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार...

#अनुसन्धान #डिजिटल
Compare →
Onlinekhabar
3d ago
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

१ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ । चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि …

#नियन्त्रण #काभ्रे
Compare →
Hamro Patro News
6h ago
एएमआर नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक: मन्त्री मेहता

एएमआर नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक: मन्त्री मेहता

काठमाडौँ, मङ्सिर ४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढ्दो चुनौती नियन्त्रण गर्न स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच एकीकृत स...

#नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2612