Trending
Prev Story
Next Story

एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताइन् ।

एन्टिमाइक्रोबियल औषधि नियन्त्रणमा तीनै तहका सरकारको समन्वित प्रयास जरुरी : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताइन् ।

काठमाडौँ — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छन् ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताइन् ।

यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन् । 'एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ,' उनले भनिन् ।

कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरेकी थिइन् । यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्यांक संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सर्वेक्षणले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान: प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एएमआर नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक: मन्त्री मेहता

एएमआर नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक: मन्त्री मेहता

काठमाडौँ, मङ्सिर ४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढ्दो चुनौती नियन्त्रण गर्न स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच एकीकृत स...

#मेहता #नियन्त्रण
Compare →
Bizshala
2d ago
एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जानु...

#मेहता #औषधि
Compare →
Nagarik News
3h ago
रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : मन्त्री मेहता

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताएकी छिन्।

#मेहता
Compare →
Onlinekhabar
7h ago
हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको …

#नियन्त्रण
Compare →

Related Stories

Politics & Governance
Build #2612