Trending
Prev Story
Next Story

पाथेकामा वडाध्यक्षको जिम्मेवारी नगरप्रमुखले सम्हाल्ने

Ekantipur •
November 20, 2026 • 03:32 PM
2
2 reads 0 reactions

दल त्याग गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त गराएपछि भट्टराईले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

पाथेकामा वडाध्यक्षको जिम्मेवारी नगरप्रमुखले सम्हाल्ने

दल त्याग गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त गराएपछि भट्टराईले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन भएपछि वडाध्यक्षको कार्यवाहक जिम्मेवारी नगरप्रमुख तीर्थराज भट्टराईले सम्हाल्ने भएका छन् । दल त्याग गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त गराएपछि भट्टराईले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित वडाध्यक्ष मुगाधन राई, महिला वडा सदस्य कल्पना राई, दलित महिला वडा सदस्य गीता विश्वकर्मा तथा वडा सदस्यहरू शहरमनि राई र रामधन राईको पद निर्वाचन आयोगको बुधबारको निर्णयबाट रिक्त भएको थियो ।

वडाध्यक्षसहित सबै जनप्रतिनिधिको पद रिक्त रहेकाले यस्तो अवस्थामा वडाकै जनताले मतदान गरेर नगरप्रमुख बनाएकाले आफूले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने भट्टराईले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ को उपदफा (२) मा वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परेमा वडा समितिका सदस्यहरूमध्येबाट छनोट गरिएको सदस्य कार्यवाहक वडाध्यक्ष हुने व्यवस्था छ । तर, सबै जनप्रतिनिधिको पद रिक्त भएको अवस्थामा कसले जिम्मेवारी सम्हाल्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले शुक्रबार वडामै सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको भट्टराईले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
गोरखाको धार्चे-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपामा प्रवेश

गोरखाको धार्चे-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपामा प्रवेश

गोरखा । नेकपा (एमाले) बाट निर्वाचित गोरखाको धार्चे गाउँपालिका-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

#वडाध्यक्ष
Compare →
Nagarik News
1d ago
जनप्रतिनिधि पदमुक्त भएपछि खोटाङ पाथेका जनता सरकारविहीन

जनप्रतिनिधि पदमुक्त भएपछि खोटाङ पाथेका जनता सरकारविहीन

जनता समाजवादी पार्टी नेपालको सिफारिसमा दल परिवर्तन गरेको आरोपमा जनप्रतिनिधिहरू पदमुक्त भएपछि वडा जनप्रतिनिधिविहीन बनेको हो।

#सिफारिस #पाथेका
Compare →
Onlinekhabar
2d ago
कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, …

#कार्यवाहक #वडाध्यक्ष
Compare →
Arthasansar
6d ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#जिम्मेवारी #सम्हाल्ने
Compare →

Related Stories

World News
Build #2612