Trending
Prev Story
Next Story

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

Arthasansar •
November 14, 2026 • 02:36 AM
1
1 reads 0 reactions

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्।

युनाइटेडले पोचेटिनो र उनको प्रशिक्षण टोलीलाई अमेरिकी राष्ट्रिय फुटबल टोलीको जिम्मेवारीबाट मुक्त भएपछि क्लबमा आबद्ध गराउने सहमति अमेरिकी फुटबल महासंघसँग गरेको छ।

आक्रामक फुटबल शैली र खेलाडीको क्षमता विकासमा विशेष दख्खल राख्ने पोचेटिनोले सन् २००९ मा स्पेनिस क्लब इस्पान्योलबाट प्रशिक्षक करिअर सुरु गरेका थिए। त्यसपछि साउथह्याम्पटनको जिम्मेवारी सम्हालेका उनले सन् २०१४ मा क्लबलाई प्रिमियर लिगमा कीर्तिमानी अंक दिलाएका थिए।

२०१४ देखि टोटेनहम हटस्परमा ५ पूर्ण सिजन बिताएका पोचेटिनोले टोलीलाई लगातार ४ सिजन च्याम्पियन्स लिगमा छनोट गराए। उनको प्रशिक्षणमा टोटेनहम २०१९ मा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।

२०२१ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका उनले टोलीलाई लिग वान, फ्रान्सेली कप र फ्रान्सेली सुपर कपको उपाधि जिताएका थिए। २०२३ मा चेल्सीको प्रशिक्षक बनेका उनी पछिल्लो समय अमेरिकी पुरुष राष्ट्रिय फुटबल टोलीको जिम्मेवारीमा थिए। उनकै प्रशिक्षणमा अमेरिकाले फिफा विश्वकपको अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
47m ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र उनको प्रशिक्...

#पोचेटिनो #युनाइटेड #प्रशिक्षक
Compare →
Bizshala
18h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त #जिम्मेवारी
Compare →

Related Stories

Sports
Build #2612