Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुद : सात जिल्लामा खेलाइने, कुन जिल्लामा के–कति खेल हुन्छन् ?

Nagarik News •
November 20, 2026 • 12:59 PM
3
3 reads 0 reactions

दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने भएका छन्।

दशौँ राष्ट्रिय खेलकुद : सात जिल्लामा खेलाइने, कुन जिल्लामा के–कति खेल हुन्छन् ?

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्।

राखेपका अनुसार बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।

सुर्खेत (२३ खेल) : प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्वी, साइक्लिङ, इ–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्।

सुर्खेतको मुख्य रंगशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेबिहार र छिन्चु लगायतका स्थानमा यी खेल खेलाइनेछ।

नेपालगञ्ज (२ खेल) : पूर्वाधारको उपलब्धतालाई ध्यान दिँदै बाँकेको नेपालगञ्जमा पौडी र सुटिङका प्रतिस्पर्धा सञ्चालन गरिनेछ।

बर्दिया (२ खेल) : बर्दियामा टेनिस र खो–खो (मुरीघाट) का खेलहरू आयोजना हुनेछन्।

सल्यान (२ खेल) : सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडोका खेलहरू सञ्चालन हुने तालिका छ।

दैलेख (१ खेल) : दैलेखको नारायण कभर्डहलमा आई.टि.एफ. तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ।

कालीकोट (१ खेल) : कालीकोट कभर्डहलमा बुद्धिचाल (चेस) खेल आयोजना गरिनेछ।

पश्चिम रुकुम (१ खेल) : पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन (बडीबिल्डिङ) को प्रतिस्पर्धा हुनेछ।

यद्यपि, राखेपले प्राविधिक कारणवश आवश्यक परेमा खेलस्थल परिवर्तन हुन सक्ने स्पष्ट पारेको छ।

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।

यद्यपि, उद्घाटनको आठ दिनअघि अर्थात् मंसिर ८ गतेदेखि नै भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिस लगायतका १० खेल सुरु भइसक्नेछन्।

सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १८:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12h ago
दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

नेपालगन्जदेखि भुरीगाउँसम्म खेलस्थल सजिँदै छन्, जहाँ राष्ट्रिय खेलाडीले घरेलु दर्शकसामु पदकका लागि उत्कृष्ट प्रदर्शन गर्नेछन्।

#खेलकुद #दशौँ #लुम्बिनी
Compare →
Hamro Patro News
13h ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा ब...

#खेलकुद #दशौँ #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र …

#खेलकुद
Compare →
Bizshala
8h ago
आज कुन तरकारीको थोक मूल्य कति ?

आज कुन तरकारीको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।...

#कुन #कति
Compare →
Arthasansar
1d ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#कुन #कति
Compare →

Related Stories

Sports
Build #2612