Trending
Prev Story
Next Story

अन्तरविद्यालय बास्केटबलमा एक्सेल्सियर र राराहिल विजयी

Ekantipur •
November 20, 2026 • 01:32 PM
2
2 reads 0 reactions

१२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले केभीसीलाई ४४–४० स्काेरले हरायो ।

अन्तरविद्यालय बास्केटबलमा एक्सेल्सियर र राराहिल विजयी

१२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले केभीसीलाई ४४–४० स्काेरले हरायो ।

काठमाडौ‌ — द एक्सेल्सियर स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित पाएकाे छ ।

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा शुक्रबार एक्सेल्सियरले केभीसीलाई ४४–४० स्काेरले हरायो । एक्सेल्सियरका निर्माण घिमिरेले १५ स्काेर जोडे ।

सिनियर ब्वाइजमै ग्रिनफिल्डले राराहिललाई २४–२२, न्यु जेनिथले एक्सेल पब्लिकलाई २६–११, होली भिजनले बेबी एन्जललाई ४१–१६, बालदीक्षा सदनले रेडियन्ट रिडर्सलाई ३५–२२ तथा निसर्ग वाटिकाले सभ्यता पाठशालालाई ३७–१६ ले हराए ।

ग्रिनफिल्डका अनिमेश बोहराले ८, न्यु जेनिथका सौगातले १०, होली भिजनका आकाश धामीले ९, बाल दीक्षा सदनका निश्चल महर्जनले १८ र निसर्ग वाटिकाका अर्नव सिंहले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा राराहिलले न्यु भिजनलाई १८–३ तथा रिब्सले जेसिसलाई २१–२० ले हराए । राराहिलकी एलिशा ओलीले ६ र रिब्सकी सुप्रिया मल्लले ७ स्कोर गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
3d ago
साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु …

#बास्केटबल
Compare →

Related Stories

Sports
Build #2612