Trending
Prev Story
Next Story

बास्केटबल: रेडियन्ट कप बास्केटबल बुधबारदेखि

Ekantipur •
November 17, 2026 • 01:32 PM
1
1 reads 0 reactions

रेडियन्ट कप बास्केटबल प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

बास्केटबल: रेडियन्ट कप बास्केटबल बुधबारदेखि

रेडियन्ट कप बास्केटबल प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

काठमाडौं — रेडियन्ट पब्लिक स्कुलको आयोजनामा १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबार सुरु हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा १२ र जुनियर ब्वाइज (यू–१२) मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । जुनियर विधा पहिलो पटक समावेश गरिएको जनाइएको छ ।

प्रिन्सिपल केसीले ग्रासरुट तहदेखि नै बास्केटबल विकासमा सहयोग पु¥याउने उद्देश्यले पहिलो पटक जुनियर बास्केटबलको थालनी गरिएको बताए । सिनियर ब्वाइजमा रेडियन्ट र सिनियर गल्र्समा स्वर्णिम डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने रेडियन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी दिइन् । ११ मंसिरसम्म लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिताका खेल  स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
9h ago
साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु …

#बास्केटबल
Compare →

Related Stories

Sports
Build #2612