Trending
Prev Story
Next Story

दीपेन्द्रको अर्धशतकका बावजुद पनि सुदूरपश्चिमको लुम्बिनीविरुद्ध कमजोर स्कोर

Ekantipur •
November 17, 2026 • 01:32 PM
1
1 reads 0 reactions

पहिलो पावर प्लेमा २० रनमै सीमित भएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले सम्हाले पनि टोली १०५ रनमै रोकियो।

दीपेन्द्रको अर्धशतकका बावजुद पनि सुदूरपश्चिमको लुम्बिनीविरुद्ध कमजोर स्कोर

पहिलो पावर प्लेमा २० रनमै सीमित भएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले सम्हाले पनि टोली १०५ रनमै रोकियो।

काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा लुम्बिनी लायन्सलाई १ सय ६ रनको मात्र लक्ष्य दिएको छ ।

दीपेन्द्रले ५२ रन बनाए पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ५ रन बनाएको थियो । दीपेन्द्रले १८ औं ओभरमा खेलको एकमात्र छक्का प्रहार गरेका थिए । शेर मल्लको बलमा उनले रिभर्स स्विपमा उक्त छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले ५१ बलको इनिङ्समा ३ चौका पनि प्रहार गरे । खेलको अन्तिम ओभरमा किशोर महतोको बलमा दीपेन्द्रले हावामा क्याच दिन पुगेपछि आउट भएका थिए । खेलको दौरान क्र्याम्प भएपछि दीपेन्द्रले उपचारका लागि समय लिनु परेको थियो ।

सुदूरपश्चिमले निकै दयनीय सुरुआत गरेको थियो । रुबेन ट्रम्पलमनले खेलको पहिलो बलमै जर्ज मुन्सीलाई बोल्ड गरेका थिए । भेट्रान स्कटिस ब्याटर मुन्सीको यस सिजनको प्रतियोगितामा यो उनको पहिलो खेल थियो । गत वर्ष उनले विराटनगर किंग्सबाट खेलेका थिए ।

नामिबियाका प्रभावशाली अलराउन्डर ट्रम्पलमनले खेलको तेस्रो तथा आफ्नो अर्को ओभरमा श्रीलंकाली ब्याटर थानुका दवारेलाई ३ रनमा आउट गरे । थानुकाको पनि प्रतियोगितामा यो पहिलो खेल थियो । चौथो ओभरको पहिलो बलमै अभिशेष गौतमले विनोद भण्डारीलाई ३ रनमा आउट गरे ।

विकेटसँगै निरन्तर दबाबपछि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २० रनमात्र बनाउन सकेको थियो, जुन यस सिजनको एनपीएलको पहिलो पावर प्लेमा सबैभन्दा कम स्कोर हो । काठमान्डु गोर्खाजविरुद्धको यसअघिको खेलमा पनि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २१ रनमात्र बनाउन सकेको थियो ।

दीपेन्द्र र इशान पाण्डेले सुदूरपश्चिमको इनिङ्सलाई उकास्ने प्रयास गरिरहे पनि टोलीले पहिलो १० ओभरमा ४० रनमात्र जोड्न सकेको थियो । दीपेन्द्र र इशानले दोस्रो विकेटमा ६४ रनको साझेदारी गरे । विकेटकिपर निरोशन डिकवेलाको सिधा थ्रोमा रनआउट हुनुअघि इशानले ३३ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए ।

थारिन्दु रथ्नायके १, आरिफ शेख ४ रनमै आउट भए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका स्कट कुग्लेनले ७ रन जोडे । अनिल खरेल २ रनमा अविजित रहे ।

च्याम्पियन लुम्बिनीबाट ट्रम्पलमन र शेर मल्लले २–२ विकेट लिए । ट्रम्पलमनले ४ ओभरमा १४ र शेरले ४ ओभरमा २७ रन खर्चे । अभिशेषले ४ ओभरमा ११ र किशोरले १९ रनमात्र खर्चेर १–१ विकेट लिए ।

यी दुई टोली फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गरिरहेका हुन् । यी दुई टोली राउन्ड रोबिन लिगको शीर्ष दुई स्थानमा रहेका थिए । यो खेल जित्ने टोली फाइनल पुग्नेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
56m ago
लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

१ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका …

#दीपेन्द्र #अर्धशतक #बनाए
Compare →
Hamro Patro News
59m ago
लुम्बिनीविरुद्ध दीपेन्द्रको संयमित अर्धशतक

लुम्बिनीविरुद्ध दीपेन्द्रको संयमित अर्धशतक

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर अन्तरगत जारी खेलमा ऐरीले ४५ बलमा अर्धशतक बनाए...

#अर्धशतक #बनाए #दीपेन्द्र
Compare →
Nagarik News
56m ago
१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

#सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...

#बनाए #अर्धशतक
Compare →

Related Stories

Sports
Build #2612