Trending
Prev Story
Next Story

कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

Nagarik News •
November 20, 2026 • 10:39 AM
2
2 reads 0 reactions

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

विशेषगरी उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री तथा कोषाध्यक्षलगायतको पदमा धेरैले आकांक्षा देखाएका छन् । महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाहीले महामन्त्रीमा उम्मेदवारी दिने बताए ।

‘म निरन्तर रुपमा पार्टीमा सक्रिय छु । कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै अघिल्लो १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेका थिएँ । संगठनको काममा सँधै खटिरहें र केही न केही नौलो अभियान चलाइरहें । त्यसैले महामन्त्री पदमा योग्य छु जस्तो लाग्यो,’ शाहीले नेपाल न्यूज बैंकसँग भने ।

पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने शाहीले जेनजी विद्रोहका बेला देशभर भएको आगजनी र तोडफोडको कडा रुपमा बिरोध गरेका थिए।

त्यस्तै, अवैधानिक र एकपक्षीय रुपमा गरिने विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर र विभाजित बनाउँछ भनेर गगन थापासँग फरक मत राखेका शाहीले एकताबद्ध भएर नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

‘विशेष महाधिवेशनको नाममा विभिन्न प्रलोभन र प्रभावमा परेर षड्यन्त्रपुर्वक निर्वाचन आयोगमार्फत पार्टी कब्जा गरियो । नियमित महाधिवेशनको लागि दुई महिनासम्म पनि पर्खिने धैर्यता नराखेर गगन थापाले कांग्रेसलाई छिन्नभिन्न, क्षतविक्षत बनाउन र कमजोर पारेर ठुलो भुल गर्नुभयो । अब नियमित महाधिवेशनमार्फत पार्टीलाई चलायमान बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने ।

पार्टीमा सबैलाई न्याय र समान अवसर हुनुपर्ने, संगठन सिस्टममा चल्नुपर्ने, अवसरवादी राजनीति अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिए ।

महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको पनि उनले बताए । ‘पार्टी अब सुस्त लय, गतिहिन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, भागबण्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने ।

शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङगले बुझ्नुपर्ने औंल्याएका छन् । देउवा समूहले यही मंसिर २१ देखि २३ मा काठमाडौंमा महाधिवेशन गर्दैछ ।

प्रकाशित: ४ मंसिर २०८३ १६:२४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका छन् …

#उम्मेदवारी #पदमा #शाही
Compare →
Hamro Patro News
3d ago
हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु ...

#महामन्त्री #कांग्रेस
Compare →
Ekantipur
4d ago
देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइराला चारतारे झण्डासहित १५औँ महाधिवेशनमा जुटेका छन् । के यो समानान्तर गतिविधि हो वा यो कानुनी नभई राजनीतिक विषय मात्रै हो ?

#कांग्रेस #महाधिवेशन
Compare →
Bizshala
2d ago
काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले...

#उम्मेदवारी
Compare →
Arthasansar
2d ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#उम्मेदवारी
Compare →

Related Stories

Politics & Governance
Build #2612