धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ विन्दुमा कायम भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ विन्दुमा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ विन्दुमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )