काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको छ। अब यो रेल सेवा हप्तामा दुई दिन आवतजावत गर्ने गरी सञ्चालनमा आउने भएको हो।
सार्वजनिक विवरणअनुसार जनकपुरधाम–अयोध्या क्यान्ट र अयोध्या क्यान्ट–जनकपुरधाम रुटमा क्रमशः १५५९५ र १५५९६ नम्बरका रेल चल्नेछन्।
समयतालिकाअनुसार १५५९५ नम्बरको रेल हरेक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्नेछ। उक्त रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै १५५९६ नम्बरको रेल हरेक आइतबार दिउँसो १२ः४० बजे अयोध्या क्यान्टबाट छुट्नेछ। यो रेल सोमबार साँझ ५ः५० बजे जनकपुरधाम आइपुग्ने तालिका छ।
यो रेल सेवा जनकपुरधाम, जयनगर, दरभंगा, समस्तीपुर, मुजफ्फरपुर र गोरखपुर हुँदै अयोध्यासम्म पुग्नेछ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित हुँदा दुवै स्थानबीचको आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।