Trending
Prev Story
Next Story

स्थानीय निर्वाचन बारे छलफल गर्दै निर्वाचन आयोग

Ekantipur •
November 20, 2026 • 03:32 AM
6
6 reads 0 reactions

शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

स्थानीय निर्वाचन बारे छलफल गर्दै निर्वाचन आयोग

शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति छलफलका बारेमा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्दै छ।

शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले  जानकारी दिए।

छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ ।  आयोगले प्रदेशको पनि संगै निर्वाचन गर्ने विषयमा पनि दलहरुसँग धारणा मागिरहेको छ ।

२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरूसँग पनि छलफल गरिने निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो समय राजनीतिक दलहरूले पनि निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर राजीतिक गतिविधि बढाउँदै लगेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

इनमसँग नाम जोडिएका यशु ‘डिप्रेसन’मा रहेको प्रहरीको आशंका : काकाले बुझे श`व, मोबाइल फरेन्सिक ल्याब पठाइँदै

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास बुढाथोकीका अनुसार प्रहरीले बिहान ७:३५ बजे घटनाबारे जानकारी पाएको थियो।

#बिहान #बजे
Compare →
Hamro Patro News
22m ago
निर्वाचन आयोगको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक

निर्वाचन आयोगको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरूको बैठक

काठमाडौं– निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन् । छलफलमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्यु...

#निर्वाचन
Compare →
Onlinekhabar
1h ago
प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा

प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौं : रास्वपा

४ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको …

#निर्वाचन
Compare →
Bizshala
1h ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612